logo
  • शनिबार, साउन ३० २०८३

सडकमा युवा उफारेर तमाशा नदेखाउनुहोस : वर्षमान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं,  श्रावण ३।Barsha-Man-Pun
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले सडकमा युवाहरु उतारेर तमाशा देखाउनु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘सक्नुहुन्छ भने नैतिकता आधारमा राजिनामा दिनुहोस्, नसके संसद फेस गर्नुहोस ।

सडकमा प्लेकार्ड बोकेर स्वतन्त्र युवाहरुको नाममा सडकमा तमाशा नदेखाउनुहोस् । सडकबाट आन्दोलन गर्दैमा प्रधानमन्त्री थामिँदैन भन्ने एमालेलाई राम्रो हेक्का भएको भन्दै उनले व्यंग्य गरे । उनले स्वतन्त्र युवाहरुको नाममा ओलीको पक्षमा भएको नारावाजीलाई आफूहरुले राम्रोसँग बुझेको स्पष्ट पारे । उनले थपे,‘यो सानो मुलुकमा कसको कार्यकर्ता कति छन्, हामीलाई राम्रोसँग थाहा छ ।’ उनले ओली खरो बोल्ने नेता भएकाले सोही अनुरुप आफ्नो भूमिका प्रदर्शन गर्नुपर्ने बताए ।

उनले थपे,‘चोर बाटो वा झ्यालबाट नहिँडौ, मुल ढोकाबाटै अघि बढौं । उनले एमालेले आफूहरुलाई राष्ट्रवादको कुरा सिकाउन नमिल्ने बताए । एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै भने,‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट माँगेका होईनौं, हाम्रा केही साथीहरुलाई झण्डा नपाएर सरकारमा पठाएका होईनौं ।’ उनले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रर्दशन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गरेको स्पष्ट पारे ।

प्रधानमन्त्रीले संसद विघटन गर्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘अहिलेको संविधानले संसद विघटनको कल्पना समेत गर्दैन, अहिले कुनै अधिनायकवाद र निरंकुशतन्त्र व्यवस्था होईन् ।’ उनले एमालेलाई सरकार बनाउन समर्थन गर्दा आफ्नो पार्टीलाई राम्रो देख्ने तर अहिले समर्थन फिर्ता लिँदा विदेशीको ईशारामा चलेको भन्ने आरोप लगाउनु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले नीति तथा कार्यक्रम र बजेट आफ्नो पार्टीको सहमतिमै ल्याईएको उल्लेख गर्दै आश्रित विधेक पारित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अविश्वासको प्रस्ताव पेश भएपछि ओली अल्पमतमा हुँदाहुँदै पनि आफ्नो पक्षमा अझै बहुमत छ भनेर एमालेले राजनीतिक बेईमानी गर्न खोजेकेले आफ्नो पार्टीले सतर्कता अपनाएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend