logo
  • शनिबार, साउन ३० २०८३

महिला कामदारलाई मलेसिया पठाउन उपयुक्त छैन :अध्यक्ष परियार


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सन २००७ देखि मलेशियामा संगठित बैचारिक सस्था नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष तिलक परियार सङ्ग टेलिफोन सम्पर्क गरी मलेसियामा रहेका नेपालिहरुको वारेमा विभिन्न जिज्ञासाहरु राखेका थिए । आउनुहोस हेरौ महेश कुमार कार्कीले  तिलक  परियार  संग गरेको कुराकानी :13714320_1592201987744431_2138495870_n

मलेसियामा पछिल्लो समय नेपालि दाजु भाइ दिदि वहिनिहरुको अवस्था कस्तो छ ?
मलेशिया मा नेपाली लाई श्रम गर्न सारै गार्‍हो छ। नेपाल बाट विभिन्न मेनपावरहरु ले झुठो आसपासन दिएर नेपाली हरु लाई यता पठाउने काम बन्द भएको छैन। मलेशिया मा लेपालीहरु माथी दिनानुदिन अराजक घटना हरु सार्बजनिक भैरहेका छ्न तैपनी नेपाली को सुरक्षा मा नत मलेसिया सरोकार ले ध्यान दिए को छ नत्र नेपाल सरकारले । यहाँ नेपाली लाई महिना भरी को पसिना सङ्ग साटेर कमाएको दुईचार पैशा पठाउन लाई पनि बैंक सम्म एक्लो जान सक्ने सम्म को बाताबरण छैन ।

नेपाल सरकार ले मलेसिया मा रहेका नेपाली लाई कुन दृष्टिले हेरेको पाइन्छ ?
दुई हप्ता अगाडि मात्रै श्रम मन्त्री दिपक बोहरा मलेसिया भ्रमण मा आउनु भएको थियो उहाँ ले यहाँ का केही ठुला ठुला कम्पनीको भ्रमण मात्रै गरेर फर्कनु भो र नेपाली हरु जुन पीडा मा छ्न त्यो पीडा उहाँ ले बुझेर गए जस्तो लाग्यो।

खासगरी मलेसिया महिलाहरु धेरै नै असुरक्षित छ भन्छ्न के हो ?
महिला कामदारका लागि मलेसिया निकै नै जटिल छ । भए सम्म त नेपालले सबै खालका कामदार मलेसिया पठाउन बन्द गर्नु पर्छ यदि सक्दैन भने पनि महिला कामदारलाई मलेसिया पठाउन उपयुक्त छैन । नत होस्टेलको राम्रो व्यावस्था छ । नत्र काम कै दिनु विभिन्न घटनामा सिकार हुन बिबस छ्न  नेपाली महिला कामदार !

अनि अहिले सम्म मलेसियामा नेपाली एकता समाज ले के के काम गर्दै छ ?
हाम्रो संगठन सन २००७ मा गठ्न भए पनि हामी क्रियाशिल रुपमा २०१५ अधिबेशन विशेष रुपमा काम गर्न थालेका छौ । जुन १/२०१५ मा हाम्रो संगठनले मलेसियामा रहेको नेपाली राजदुतावासमा ज्ञापन पत्र बुझाएको पनि हो । हामीले मलेसिया सरकार सङ्ग तुरुन्त श्रम सम्झौता गर, नेपालीको सुरक्षा माथी नेपाल सरकार र मलेसिया सरकार सङ्ग सम्झौता गरेर सुरक्षामा विशेष ध्यानाकर्षण गरियोस् भनि विभिन्न माग सहित ज्ञापन पत्र बुझाएका छौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend