logo
  • शनिबार, भाद्र २० २०८३

साउदीमा सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रम्जान दिन मियाँ “समर्पण”, साउदी अरब ।
हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाए पछि उहाँको घरपरिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उहाँको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरेको छ ।

आफ्नो तथा परिवारको दैनिक जिबन र भबिस्यको सुन्दर सपना मनमा सजाँउदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आर सि सि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहलमा महावाणिज्यदूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।

उहाँको पारिवारिक, कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा (१४१२ साउदी रियल) ४०,६३५/- चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ अर्थिक सहयोग भएको छ ।

उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबार का दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँद्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend