logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा आयोजित प्रशिक्षण तथा युगल साँझ सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन पौडेल, दोहा ।
नेपाल पत्रकार महासंघ कतार शाखाले एउटा ऐतिहासिक कार्यक्रम सम्पन गरेको छ । शुक्रबार सनैया स्थित डल्ला ड्राईभिङ एकाडमीको सभाहलमा आयोजित “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” र “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” एकैसाथ सम्पन्न भएको हो ।

संघका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व र नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिपुल पोख्रेलको प्रमुख आथित्यमा कार्यक्रम एकैहलमा विभिन्न चार चरण गरि सम्पन्न भएको थियो । पहिलो चरणको “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” कार्यक्रममा कतारमा रहेका संघसस्था, बुद्धिजीबी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्याक्रममा प्रशिक्षक बिपुल पोख्रेलले आफु रहेको ठाउँ, देशको कानुनको बारेमा राम्रोसँग जानकार रहेर मात्र सूचना प्रबाह गर्नुपर्ने बताए । हामि प्रबासमा रहेको कारण सुचनालाइ आधार मानेर आफुलाई कसरि सुरक्षित राख्ने भन्ने बारे पनि बुदागत रुपमा बताए । पोख्रेलले कुनैपनि समाचार गलत नहुने र गलत कुरालाई समाचारको रुप दिन खोज्ने ब्यक्ति पत्रकार पनि नहुने कुरा स्पष्ट पारे ।

प्रशिक्षण कार्यक्रमसहित अन्तरक्रिया कार्यक्रम रहेको कारण पोख्रेलले विभिन्न सहभागीहरुको प्रश्नको उत्तर दिएका थिए । गलत कुरालाई समाचारको रुप दिन खोजेर जनमानसमा भ्रम पैदा गर्ने व्यक्तिहरुलाई प्रेस काउन्सिलले निगरानीमा राख्ने र त्यस्ता ब्यक्तिलाइ कानुन अनुसार कारबाही गर्नेमा आफु ढुक्क रहेको पनि पोख्रेलले बताए ।

कार्यक्रममा समाचार लेखनको बारेपनि छोटो समयमा धेरै कुराको जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थितलाइ प्रशिक्षण कार्यक्रमको प्रमाण-पत्र प्रदान गरिएको थियो । यसैबिच कार्यक्रमको दोश्रो चरणमा नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित ‘युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक सार्बजनिक गरिएको थियो ।

मावोबादी जनयुद्धको उथलपुथल पूर्ण दिनहरुको प्रतिनिधि मुलक पुस्तकको बारेमा बोल्दै उपाध्यक्ष पोख्रेलले देश परिबर्तनको निम्ति कलमचलाएर दिनरात खट्ने साहसी पत्रकार हरुको खुलेर प्रशंशा गरेका थिए । लेखिका संगीता खड्का दुई दशकदेखि पत्रकारितामा सक्रिय तथा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य समेत छिन् ।

तेस्रो चरणमा अनेसास तथा नबोदित साहित्यिक बाचनालयको ९३ औं डबली पस्त्तुत गरिएको थियो । डबली कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर महासचिव लेख कार्कीले सन्चालन गरेका थिए भने विशिष्ट श्रोता पहिलो कार्यक्रमका प्रमुख प्रशिक्षक पोख्रेल रहेका थिए । डबलीमा हरेक डबली जस्तै दर्जन बढी गजलकारहरुले गजल वाचन गरिएको थियो ।

कार्यक्रमको आन्तिम र बहुप्रतिक्षित चरण “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” करिब दिनको ४ बजेबाट सुरु भएको थियो । “आधी बाटो हिडेपछि ” गीतबाट हलको पछाडीबाट प्रस्ततु उ र म जोडीले हलमा उपस्थित सम्पूर्णलाई सांगेतिक रौनकमा पुराएका थिए ।

तिमि बिना बाच्न गार्हो भो, उकाली चढौला, भिज्यो सिरानी, कालो लामो, गाजलु ति ठुला जस्ता दर्जनौ गितबाट दर्शकहरुलाई भरपुर मनोरज्नन दिलाएका थिए । प्रेमिल जोडीका प्रेमिल गीतहरुले उपस्थित दर्शकहरुले हरेक गीतलाई तालीले साथ दिदै भरपुर साँगितिक मजा लिएका थिए । कतारमा पहिलो पटक एकलसाझ भएको कराण पनि यो एक सफल साँस्कृतिक साँझ रह्यो ।

नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव दिल कुमार श्रेष्ठले सन्चालन गरेको उक्त कार्यकममा नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजक भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend