logo
  • शनिबार, भाद्र २० २०८३

मैले यता कमाउने उता अर्कै रमाउने (भिडियो सहित)


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन खनाल, बुटवल श्रावण २ ।
साउन लाग्न नपाउदै बजारमा तीज गीतहरु प्रसस्त मात्रामा आउन थालेका छन । एकातिर गीत संगीतमा बिकृति पनि मौलाउदै गएको छ । गीतसंगीतको नाउमा नाङ्गो नाच देखाउने प्रवृति पनि प्रसस्त मात्रामा देख्न सकिन्छ ।

bimliगाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा आफ्नी श्रीमती छोरा छोरि सहरमामा राखी बिरानो मुलुकामा कामको खोजि गर्दै परदेशीएका छन श्रीमान तर एता श्रीमती भने अर्कै केटा संग पल्किएर श्रीमानले कमाएको सबै मोज मस्तीमा उडाएको नेपाली समाजको यथार्थ कुरा हो ।

यस्तै बर्तमान परिवेसलाई समेटेर गीत माध्यमबाट सचेत बनाउने मनासाए बोकेर गायक नवराज पाण्डेले तेरी स्वास्नी पोईल गै नामक गीत भर्खरै युटुब मार्फत सार्वजनिक गरेका छन्।

पछिल्लो समयमा भैसी साटेझै बुढी साट्न पाउने भए भन्ने गीत बाट आपार सफता पाएका नवराज उक्त गीतबाट पनि आशा गरेको बताउछन । नवराज कै लय सब्दमा तयार भएको उक्त गीतमा आवाजमा साथ भने निरु गुरुङले दिएकी छिन । युनिक मुभिजले बजारमा ल्याएको उक्त गीतमा निर्देशन बिजय पोख्रेलले गरेपनि अभिनय भने नवराज, बिमली, बिबेक र सुसिलाले गरेका छन ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend