logo
  • शनिबार, भाद्र २० २०८३

नवोदित वाचनालयमा सीताराम थापा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिलीप पराजुली , कतार  श्रावण २।
“भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारा लिएर अघि बढेको साहित्यिक सस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०२औं जन्म जयन्ति मनाईने भएको छ ।
DSC_0668
आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तिको अवसर पारेर सम्पन्न उक्त कार्यक्रममा “नबोदित साहित्यिक वाचनालय, कतारको आठौं अधिबेसन” अनेसास–नबोदित वाचन श्रींखला ५९ औं डबली तथा “छैटौं खुल्ला कविता प्रतियोगिता—२०७३” भब्य र सब्य रुपमा सम्पन्न भएको छ । १५ जुलाई २०१६ का दिन दोहाको टपफम रेष्टुरेन्टमा भएको उक्त कार्यक्रमको सभापतित्व नबोदित साहित्यिक वाचनालय, कतारका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले गरेका थिए भने नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाड़े प्रमुख अथिति रहेका थिए ।

DSC_0591
त्यस्तै विशेष अथितिहरुमा अनेसास कतारका अध्यक्ष तिर्थ संगम राई, एनआरएनए आसीसी सदस्य बिनोद भट्टराई र सन्ध्या ग्रुप अलखोरका बिरेन्द्र कुमार याक्थुम्बा रहेका थिए । बिधिवत् रुपमा दिप प्रज्वलन, भानुभक्तको तस्बिरमा माल्यार्पण संगै शुरु भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष सिताराम थापाले सम्पूर्ण कार्यसमितिलाई बधाई दिदै नया आउने कार्यसमितिलाई अग्रिम शुभकामना दिदै निमन्त्रितहरुलाई स्वागत मन्तब्यले स्वागत गर्दै कविता प्रतियोगितामा सामेल हुनेलाई शुभकामना दिएका थिए भने प्रेम प्रसाद भट्टराईले भानुभक्त आचार्यको जीवनी बारे प्रस्ट पारेका थिए ।
DSC_0354
कार्यक्रममा सत्र जना कबिहरुले आफ्ना कविता बाचन गएका थिए भने कविहरु बिन्देश्वर ठाकुर, के.बि. लिम्बु, सुमन योंगहंग,ओम दाहाल,रुप रसाइली,लेखनाथ राउत,इनोसेन्ट राजन, निराजन लुइँटेल, सन्तोष अधिकारी, राजन राइ, दिप मिलन,हरि बिनोद अधिकारि, अभिनाश सापकोटा, राजेन्द्र पराजुली, रेशम बस्नेत, राजन लामा, इशुदिन मियाले आफ्ना कविता पस्केका थिए भने प्रथम भएका थिए इनोसेन्ट राजन दोश्रोमा रुप रसाइली,तेस्रोमा दिप मिलन,सान्तोना निराजन लुइँटेल, उत्कृस्ट वाचनमा रेशम बस्नेत, छैटौ सन्तोष अधिकारि, सातौ इशुदीन मिया, आठौ बिन्देश्वर ठाकुर,नबौ अभिनास सापकोटा, र दशौ स्थानमा पर्न सफल राजन राई रहेका थिए ।
DSC_0492
प्रतियोगितामा तीन सदस्यीय मण्डल राखिएको थियो । जसमा संयोजक दिपक भेटवाल र सदस्य द्वय तिर्थ संगम राई र भानु सुनुवार रहेका थिए । उक्त खुल्ला कविता प्रतियोगितामा निर्णायक मण्डलको ७० प्रतिशत र दर्शक तथा श्रोताको प्रत्यक्ष सहभागितामा भोटिङ्ग ३० प्रतिशत गरेर प्रतियोगिताका विजेताहरु घोषणा गरिएको थियो । प्रतियोगीता प्रथम हुने प्रतियोगीलाई रु १० हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दोश्रो पुरस्कार रु ७ हजार , तेश्रो पुरस्कार रु ५ हजार र सान्त्वना पुरस्कार रु ३ हजाररहेको छ । प्रतियोगीतमा उत्कृष्ट कविता वाचन गर्ने प्रतियोगीलाई रु २ हजार पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत विजेतालाई नगद तथा प्रमाणपत्रको पनि व्यवस्था रहेको थियो भने अनेसास कतारका अध्यक्ष तिर्थ संगम राईले साहित्यमा दिएको योगदानलाई कदर गर्दै खादा,दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका निर्णयक दिपक भेटवालले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने विशेष अथिति द्वयले प्रदेशको माहुलमा साहित्य उजागर गर्ने यो सस्थालाई धन्यवाद दिदै अहिले सम्म सस्था चलाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद सहित आउने नया कार्यसमितिलाई अग्रिम शुभकामना दिएका थिए ।

त्यस्तै प्रमुख अथिति बन्जाडेले साहित्यिक सस्थाहरुसंग भावनात्मक सम्बन्ध भएको हुँदा हातेमालो गर्दै अघि बढ्ने कुरामा जोड दिए । पछिल्लो दिनहरुमा यसको माहोल सुधारिएको र यसबाट समाजमा राम्रो निर्देशन दिन सक्ने बताउदै सम्पूर्ण प्रतियोगीहरुलाई बधाई दिदै आउने नब निर्बाचित टिमलाई शुभकामना व्यक्त गरे । कार्यक्रमको अन्त्यमा सभापति श्रेष्ठले कविता प्रतियोगितामा भाग लिने सम्पूर्णलाई धन्यवाद दिदै आउने कार्यकाल सफल र सहज तरिकाले सम्पन होस् भन्दै सम्पूर्णलाई धन्यवाद औपचारिक कार्यक्रम समापन गर्दै मौजुदा कार्यसमिति विधिवत रुपमा बिघटन गरेको घोषणा गरेका थिए भने बन्द सत्र निर्बाचन समितिलाई हस्तान्तरण गरेका थिए ।

उक्त साहित्यिक कार्यक्रमलाई महासचिब लेख कार्कीले निकै ब्यबस्तित ढंगले संचालन गरेका थिए । निर्बाचन समितिमा क्रान्ति सिंह संयोजकत्वमा बिनोद खड्का र बिरेन्द्र कुमार याक्थुम्बा रहेका थिए । सीताराम थापाको अध्यक्षतामा उन्नाईस सदस्यीय कार्यसमिति चयन गरियको छ । अध्यक्ष – सिताराम थापा, प्रथम उपाध्यक्ष लेख कार्की, दितीय उपाध्यक्ष इश्वर शाही,मोबाइल पुस्तकालय संयोजक टिका खड्का, महासचिब दीप मिलन, सचिब राजन लामा,कोषाध्यक्ष दिलीप पराजुली, सह-कोषाध्यक्ष ईश्वर राई रहेका छन ।

सदस्यहरुमा रुप रसाईली, छत्र बहादुर खत्री, सन्तोष अधिकारी, कमल बहादुर नेपाली, विजय फाम्बो, नेत्र बस्नेत, कर्ण लिम्बु, सुरेश भेटवाल, सुरेशमान तामांग, चक्र कार्की, राजन राई रहेका छन् । नब निर्बाचित अध्यक्ष थापाले निर्बाचन समितिलाई धन्यवाद दिदै प्रतियोगी कविहरुलाई भोलिका दिनमा झन् ससक्त भएर कविता लेखनमा लाग्न समेत आग्रह गरेका थिए भने आउने दिनमा सबै सस्थाहरुसंग हातेमालो गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend