logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघको कार्यक्रमको लागि उपाध्यक्ष बिपुल पोख्रेल र उदयमनिला कतारमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाल पत्रकार महासंघ कतार शाखाले राखेको कार्यक्रमलाई सम्बोधन एवं प्रशिक्षणको लागि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार आइपुगेका छन् । पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं सामाजिक संघ संस्थाका अगुवा तथा बुद्धीजिबि, व्यवसायीहरुसंग साक्षात्कार गर्नेछन् ।

प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको प्रहार र मजाक प्रति निकै संवेदनशील रहने पोख्रेल जब-जब प्रेसस्वतन्त्रता माथि प्रहार हुन्छ निकै खरो भएर उत्रिन्छन् । पत्रकारलाई कुनै आपत र संकट आइलाग्यो भने ढाल बनेर खडा हुने पोख्रेल सरकारले ल्याएको प्रेस काउन्सिल विधेयक प्रति निकै संवेदनशील भएर विरोधमा उत्रीएका छन् ।

सरकारको यो कदमलाई अभियानका रुपमा लिएको बताउने पोख्रेल कुनै आग्रह–पूर्वाग्रह विना पत्रकारहरुको संरक्षणमा खट्छन् । प्रेस स्वतन्त्रताका लागि संझौता हीन संघर्षमा छन् त्यसैले पनि आम पत्रकारका माझमा साझा र प्रीय नेता भएका उनी कतारमा रहुन्जेल पत्रकारहरु संग मात्र नभै यहाँ कार्यरत मजुर, व्यवसायी, कुटनितिक नियोग तथा बुद्धि-जिवीसंग पनि भेटघाट गर्नेछन् ।

महासंघ कतार शाखाकै आयोजनामा सोही दिन हुने सांस्कृतिक कार्यक्रमका लागी प्रसिद्द कलाकारद्वय उदय सोताङ र मनिला सोताङले पनि यही १४ जुनमा बेजोड़ प्रस्तुती दिने छन् । लामों समय देखि चर्चामा रहेको यो युगल जोडी पछिल्लो समय सबैको मन दित्न सफल भएको छ । यो जोडीको आगमनले कतारबासी नेपाली नेकै हर्सित भएका छन् ।

अतिथि स्वागतका लागि पत्रकार महासंघका अध्यक्ष करिम बक्स मियाँ हमाद ईन्टरनेसनल एयरपोर्टमा पुगेका थिए, साथमा “उदयमनिला युगल सांगितिक साँझ-२०७६”का कार्यक्रम संयोजक तीर्थ संगम राई, एनआरएन एनसीसीका यूवा संयोजक एवं व्यवसायी माया केसी, दीप सञ्चार मिडियाका प्रधान सम्पादक एवं यूवा ब्यवसायी दीपजंग शाह, नेपाली महिला समाजकी महासचिव अम्बिका खत्री, नेपाली कलाकेन्द्र कतारका सुवास गजमेर लगाएत उपस्थित भई भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend