साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
पाल्पाली सेवा समाज दोहा कतारको छैठौ साधारण सभा सांगितीक कार्यक्रम तथा सम्मान कार्यक्रम कतारमा सम्पन्न भएको छ ।

रोजगारीको सिलसिलामा कतारमा रहेका पाल्पालीहरुको संस्था पाल्पाली सेवा समाजको साधारण सभा कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ लोक गायक सर्जक नारायण रायमाझीले परदेशमा रहेर जन्मभुमिको सेवाका लागि यस्ता सेवा समाजहरु स्थापना गरि रचनात्मक अभियान चलाउनु निकै सराहनीय काम भएको बताए ।
कार्यक्रममा कतारमा रही सामाजिक अभियानमा सक्रिय ब्यक्तित्व, बिभिन्न सामाजिक संस्थाहरुका नेतृत्वकर्ता लगायतले शुभकामना दिएका थिए । समाजका अध्यक्ष इश्वर काफ्लेको अध्यक्षता र रमेश कनौजेको संचालनमा संचालित कार्यक्रममा राष्टिय कलाकारहरु नारायण रायमाझी, मञ्जु पौडेल शिरिष देवकोटा, बिक्रम परियार र सपना ढेंगाले आआफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा कतारमा रहेका पाल्पालीहरुले रोपाई नाच समेत प्रस्तुत गरेका थिए । साधारण सभाले कतारमा रही सामाजिक अभियान चलाउँदै आएका समाजसेवी महल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा शेख अब्दुल, द्धितिय उपाध्यक्षमा ढकेश्वर भण्डारी, महासचिवमा रामलाल खाती, सचिवमा अर्जुन पाठक, कोषाध्यक्षमा सन्तोष काफ्ले, सहकोषाध्यक्षमा ऋषिराम श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कमल केसी, धिरज प्रसाई, आल बहादुर गाहा, दामोदर पाण्डे, सोम बहादुर श्रेष्ठ, जनक खाँण (जग्गु खाँण, रामचन्द्र पाठक, तोया श्रेष्ठ, पशुपति राना, राजेन्द्र काफ्ले, बलराम भट्टराई, बिष्णु प्रसाद सुवेदी रहेका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाई संस्थाका पुर्व अध्यक्ष लिलम चिदी लगायतले सपथ गराएका थिए । सन् २००७ मा स्थापित यो संस्थाले कतार र नेपालका समेत बिभिन्न रचनात्मक अभियान चलाउँदै आएको छ । खासगरि पाल्पालीहरुको दुख सुखमा साथ दिदै आएको छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend