साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
मुस्लिम समुदायहरुको महान पर्ब ईद उल फित्रको अवसर पारेर अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारले ईद मिलन समारोह भव्यताका साथ सम्पन्न गरेको छ । नेपालको राष्ट्रिय पर्व समेत रहेको ईदका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
ईदको तेश्रो दिन समाजका अध्यक्ष मुक्तादा मुसलमानको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि नेपाली दुताबास कतारका कार्यवाहक राजदुत लक्ष्मण खनालले ईदको शुभकामना दिदै सबै धर्म समुदायका चाड पर्बहरु नेपालको साझा पर्ब हो सबै मिलेर मनाउनु पर्छ भन्दै यसरि शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गर्ने अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजलाइ धन्यबाद भन्दै समाजको प्रशंसा गरेका थिए ।
कार्यक्रममा समाजका अन्तराष्ट्रिय संयोजक प्रोफेसर रमाजन अलि मिया, नेपाली दुताबासका दित्तीय सचिव प्रविन भट्टराइ समाजका प्रमुख सल्लाकार करिम बख्श मिया र बरिष्ठ सल्लाहकार अजिज अलि बिशिष्ठ अतिथि रहेका थिए ।
अन्य बिशेस अतिथिहरुमा एनआरएनए आइसीसी अनरी काउन्शील मेम्बर टीबी कार्की आइसीसी सदस्य बिमल सुवेदी, को अप्ट मेम्बर बिनोद भट्टराई, एनसीसी उपाध्यक्ष तेज कटवाल, प्रबासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका उपसभापति शंकर न्यौपाने, संघिय समाज कतारका अध्यक्ष हिराधन राइ अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष देव परियार, संघिय लिम्बुवानका महासचिव डम्बर लिबाङ मिसेक लगायत दोहामा स्थापित मुस्लिम समाजहरु लगायत सामाजिक जातीय साहित्य संघ संस्थाहरु बुद्दिजीवी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पवित्र ग्रन्थ कुरानको श्लोक पाठ र राष्ट्रिय गान संगै सुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष उमेर आलमले राखेका थिए भने माहासचिव मजिद मियाले संचालन गरेका थिए । कार्यक्रममा ईदमा बन्ने बिशेष परिकार सेवै र मिठाइ संगै दिवा भोजको व्यवस्था पनि गरिएको थियो ।
कार्यक्रम उपस्थित सबैलाई धन्यबाद दिदै सभापतिले अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारले मुस्लिमहरुको पर्व मात्र नभै दशैँ तिहार लगायत सबै धर्म समुदायका पर्बहरुलाइ यस्तै कार्यक्रम गरेर मनाउने जानकारी दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend