logo
  • शनिबार, भाद्र २० २०८३

कतार नेपाली एकता समाज द्वारा कार्यकर्ता भेटघाट तथा प्रगतिशिल साँस्कृतीक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर,दोहा जेठ २५ ।

कतार नेपाली एकता समाज केन्द्रिय समितिद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रगतिशिल साँस्कृतिक कार्यक्रम दोहामा रहेको एक प्रतिष्ठीत होटेलमा सम्पन्न भएको  छ । कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाको अध्यक्षता र समाजका महासचिव खिम बुढा मगरको सञ्चालनमा रहेको कार्यक्रममा अतिथीहरु कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन बहादुर परियार,द्धितीय उपाध्यक्ष अमिना खान,सचिव विष्णु थापा,कोषाध्यक्ष रामइन्दल थिंङ्ग,जानुका बस्नेत (खडका) रक्तिम अभियान दोहा कतारका अध्यक्ष बलदेव राना, हाँक साप्ताहिक पत्रकार उद्धव मगर, त्यसैगरी एरिया बाट आउनु भएका सनैया ए एरिया समिकिा इश्वरी थापा, सहलिया एरिया समितिका सचिव हरी थापा, सनैया डी एरिया समितिका –कोषाध्यक्ष हेम बहादुर थापा, साहानिया एरिया समितिका अध्यक्ष प्रिजल राई, दोहा एरिया समितिका अध्यक्ष गिरी काउछा मगर, सलता एरिया समितिका सल्लाहाकार मिनराज पुन मगर, महिला सदस्य रोजीना बास्तोला, उपस्थित रहेको कार्यक्रममा गरी खानेवर्गहरुको आफ्नो हक र अधीकारको लागी नीरन्तर लड्दै आफ्नो ज्यानको बाजी राखेर आहु्ती दिने शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कार्यक्रम अगाडी बढेको थियो ।

यस कार्यक्रमलाई भव्य र शव्यरुपमा सफल पार्न आउनु भएका सम्पूर्ण उपस्थित रहनु भएका अतिथी लगाएत दर्शकलाई आफ्नो मन्तव्यबाट केन्द्रिय समितिका जुझारु सदस्य हुमाकान्त आचार्यले स्वागत गर्नु भएको थियो भने लगत्तै पै्रगतिशिल रक्तिम साँस्कृतिक अभियान बाट पनि गीत मार्फत स्वागत गरिएको थियो । शुभकामना दिने क्रममा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष धन परियारले “जब जब कतार र हाम्रो देश नेपालमा जटिल समस्या आउछ तब तब कतार नेपाली एकता समाजले जोडदार खबरदारी गर्ने गरेको वताउनु भएको छ । अर्का वक्ता द्धितीय उपाध्यक्ष अमिना खानले “सस्थाले जहीले पनी मजदूर वर्गको विषयमा आवाज उठाउने, महीला प्रतिगर्ने समान व्यवहार गर्ने र महीलालाई सम्मान अधिकार र हेर्ने दुष्टिकोणको कारणले नै आज कुनै पनि संघ संगठनमा पनि महीलाहरुको प्रतिनिधित्व छ र पछिल्लो दिनहरुमा विभिन्न संगठनहरुले कतार नेपाली एकता समाजको महीलालाई हेर्ने दुष्ट्रिकोण नै बदलिएको पाएको वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend