logo
  • शनिबार, साउन ३० २०८३

लमजुङमा बस दुर्घटना, ९ जनाको मृत्यु १२ घाईते


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

लमजुङ जेष्ठ ६ ।
दक्षिण पश्चिमी लमजुङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा यात्रुबाहक बस आज ५ जेठ साँझ दुर्घटना हुँदा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
acc-bus
दुर्घटनामा परि १२ जना यात्रु घाईते भएको प्रहरी चौकी सोतिपसलका प्रमुख असई जितबहादुर थापाले जानकारी दिए । बसमा कतिजना यात्रु चढेका थिए भन्ने बारे अझै एकिन हुन नसकेको र घाईतेको अवस्था चिन्ताजनक रहेको उनले बताए । दुर्घटनामा मृत्यु भएकाहरुको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

तनहुँको सदरमुकाम दमौलीबाट जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको उक्त सवारी साधान भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना स्थलमा घाईतेको उद्धार गर्न पुगेका स्थानीय रामनाथ पौडेलका अनुसार बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । उक्त सवारी सहचालकले चलाएका कारण दुर्घटना भएको घाईते यात्रुले बताएका छन् । चालक सुरज बिक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend