logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा पहिलो नेपाली दोहोरी तथा गलज साँझ रेस्टुरेन्ट सन्चालन हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

करिम बख्स मियाँ, दोहा ।
यहि आउँदो जुन ५ तारीकबाट दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा आसियाना दोहोरी तथा गजल रेस्टुरेन्ट एण्ड बार” सन्चालनमा आउँने भएको छ ।

नेपाली लगानी तथा पुर्ण व्यबस्थापनमा सन्चालनमा आउन लागेको उक्त रेस्टुरेन्ट कतारका प्रतिष्ठित व्यवसायी तथा गैर आवासीय नेपाली संघका मध्यपुर्व सह संयोजक समेत रहेका प्रविण गुरुङ्ग तथा उहाँकी धर्मपत्नी सरिता गुरुङ्गले सन्चालनमा ल्याएका हुन्।

रेस्टुरेन्टमा नेपाली कला संस्कृती झल्किने गरि दक्षिण एसियन संस्कृतिलाई समेत ध्यानमा राखेर रेस्टुरेन्टको व्यबस्थापन गरिएको रेस्टुरेन्ट एन्ड बारका सन्चालक गुरुङ्गले जानकारी दिएका छन्।

रेस्टुरेन्ट उद्घाटन जुन ५ तारीक बेलुकी ५ बजे गरिने उनले जानकारी गराए। रेस्टुरेन्टको ग्राहक मेम्बर शिपको लागि कतारी आईडीको आधारमा शुल्क ५० निर्धारण गरिएको भएपनी उद्घाटनमा सरिक हुनेहरुको लागि मेम्बरशिपमा ५० प्रतिशत छुट दिइने जानकारी सन्चालकले दिएका छन ।

त्यसैगरी महिलाहरुको लागि एकपटकको लागि पेयपदार्थ निशुल्क रहने र नेपाली ग्राहकहरुको लागि मेन्युमा २० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको सन्चालक गुरुङ्गले बताए।

नेपाल आइडल, भोईस अफ नेपालको ग्राण्ड फिनाले पछी, नेपाल आइडल, बुगिवुगी ईद फेस्टिभल

कतारमा नेपाल आइडल, भोइस अफ नेपाल जस्ता अन्तर्राष्ट्रिय स्तरका लोकप्रिय एवं प्रतिभायुत्पादक कार्यक्रमको सफल ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न गरि सकेका गुरुङ्गले यहि ईदको दोस्रो दिन नेपाल आइडल र बुगीवुगीका बिजेताहरु तथा विभिन्न प्रतिष्ठित कलाकारहरुको बेजोड प्रस्तूती रहने कार्यक्रमको आयोजना समेत गर्दैछन्।

नेपाल आइडलको ग्राण्ड फिनालेमा फितलो व्यबस्थापन गरेको भन्दै चौतर्फी आलोचना खेपेका गुरुङ्गले भोइस अफ नेपालको ग्राण्ड फिनाले कार्यक्रममा भने अत्यन्तै व्यबस्थित व्यबस्थान सहित कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend