साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर १ जुन २०१९ मा रमजान महिना र ईदको शुभकामना आदान प्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

इस्लामिक धर्म गुरु मौलाना इश्हाक नदवीबाट कुरान पाठ गरि उद्घाटन गरिएको उक्त कार्यक्रम राष्ट्रिय गान संगै औपचारिकता दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासकि दित्तीय सचिव ऋचा भट्टराइले जनसम्पर्क समिति कतारले आयोजना गरेको बृहत इफ्तार कार्यक्रमका आयोजकलाइ धन्यबाद र शुभकामना दिदै यस्ता कार्यक्रमले नेपालका विभिन्न धर्म र समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलाइ थप मजबुत बनाई नेपालीको धार्मिक सहिष्णुता सहितको उदाहरणीय सम्बन्धको संदेश प्रवाह हुने बताइन ।
इस्लामिक क्यालेन्डरको नवौ महिनालाइ रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्तसम्म निराहार बर्त बस्ने गर्दछन ।
कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना प्रोफेसर रमजान अलि मियाले रमजानको बारेमा प्रवचन दिएका थिए । सो अवसरमा रोजेदार (व्रतालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा र व्रत खोल्न) गराइएको थियो । कतारमा रहेका अधिकाम्स मुस्लिम समाज लगायत बैचारिक सामाजिक संघसंस्था र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यबाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिहरु धर्म गुरु मौलानाहरु संगै संस्थापक सभापति नरेन्द्र भाट, निबर्तमान सभापति बिमल सुवेदी, महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, धिरज राइ,मोहम्मद शाकिर अलि, प्रबासी नेपाली एकता मंचका संयोजक चानक पोख्रेल, अन्तराष्ट्रिय नेपाली एकता समाजका प्रबक्ता, एनआरएनए गल्फ उपसंयोजक प्रविन गुरुङ, एनसीसी अध्यक्ष नबिन पोख्रेल, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष मुक्तादा मुसलमान, नेपाली मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक, नेपाल पत्रकार महासंघका अध्यक्ष करिम बख्श मिया, नेपाली महिला समाजकि कार्यबाहक अध्यक्ष अमिना खान, रहेका थिए ।
कार्यक्रममा सामाजिक र मुस्लिम संघ संस्थाका बुद्दिजीवी व्यवसायी इकाई प्रमुखहरु अतिथि रहेका थिए । कार्यक्रम संचालक एवं महामन्त्री अजिज अलिले नेपाली कांग्रेसले राष्ट्रब्यापी रुपमा चलाई रहेको जागरण अभियानकै सेरोफेरोमा जनसम्पर्क समितिले हरेक बर्ष गर्ने इफ्तार कार्यक्रम यो बर्ष राष्ट्रिय जागरण अभियानकै रूपमा गरिएको बताए ।
मुस्लिम समुदायको पहिचान स्वरूप अतिथिहरुलाई टोपी लगाएर सम्मान गरिएको उक्त कार्यक्रममा सहमहामन्त्री केदार भुसालले उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य राखेका थिए । जनसम्पर्क समितिले हरेक बर्ष नेपालका सबै धर्म समुदायको अन्य चाड पर्वहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको छ ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend