साझा नेटवर्क
करिम बख्स मिया, दोहा ।
इस्लाम धर्मावलम्वीहरुको पावन महिना रमजानको अवसर पारेर नेपाली समुदायले आपसी भाइचारा बिस्तार गर्न ‘इफ्तार’ कार्यक्रमको आयोजना गरेका छन्

नेपाली मुस्लिम समाजको आयोजनामा वृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ। कतारको प्रतिष्ठित च्यारिटी संस्था शेख ईद च्यारिटिको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाली नियोगका प्रमुख कार्यवाहक राजदूत लक्षमण खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष इन्जिनियर अयुब हकले गरेका थिए।

एक महिनासम्म कोठोर व्रत बसी उपासना गर्ने मुस्लिम समुदायको परम्परालाई आत्मासात गर्दै सम्मानार्थ फरक फरक संस्थाहरुले कार्यक्रम मार्फत भातृत्वको सन्देश दिंदै आई रहेका छन् ।

त्यसैगरी बुद्धभुमि कपिलवस्तु सेवासमाज कतारले समेत इफ्तार तथा ईद मिलन कार्यक्रम सम्पन्न गरेको छ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार, गोरखा सेवा समाज कतार, स्याङ्जा सहयोग समाज कतार, प्रबासी नेपाली मन्च कतार लगायतका संघ-संस्थाहरुले इफ्तार कार्यक्रमहरु सम्पन्न गरिसकेका छन्।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend