logo
  • शनिबार, भाद्र २० २०८३

कास्कीबाट पाँच वर्षपछि एकसय मेगावाट विद्युत उत्पादन हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कविता घर्ति मगर, पोखरा साउन १।
पाँच वर्षपछि कास्कीबाट एकसय मेगावाट विद्युत उत्पादन हुने छ । विद्युत उत्पादनको लागि आवश्यक तयारी समेत गरिसकिएको छ । पोखराको प्रतिष्ठित व्यवसायिक घराना केसी ग्रुपले कास्कीको विभिन्न नदीबाट पाँच वर्षमा एकसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । लक्ष्य मध्ये ११ मेगावाट विद्युत उत्पादन भईसकेको छ । १३ मेगावाट विद्युत आगाामी पुससम्ममा थपिने छ ।

असोजपछि नै काम शुरु हुने छ भने केही हाइड्रोको पिपिए तयार भई काम शुरु हुने तयारीमा छन् । केसी ग्रुपका अध्यक्ष एवं समाजसेवी सुर्यबहादुर केसीले गण्डकीको ४.८ मेगावाट, भगवतीको ४.५ मेगावाट र टास्क हाइड्रोपावरको १ मेगावाट सञ्चालनमा आईसकेको जानकारी दिए । ‘पुस मसान्तसम्ममा १३ मेगावाटको सिक्लेस हाईड्रोपावरबाट विद्युत उत्पादन शुरु गर्ने छौं । उनले भने—‘परीक्षण उत्पादन गरेपछि व्यवसायिक रुपमा अघि बढ्छौं ।

ग्रुपले असोजदेखि मर्दीमा सात मेगावाटको विद्युत परियोजनाको काम शुरु गर्ने जनाएको छ । युनाईटेड इदीमर्दी एण्ड आर बी हाइड्रोपावरद्वारा निर्माण गरिने परियोजनाको पिपिए तयार भईसकेको छ । फाईनान्सियल प्रक्रिया पनि पुरा गरिसकिएको छ । ग्रुपका निर्देशक इन्जिनियर रोशन केसीले भने—‘दुई वर्षभित्रमा निर्माण पुरा गर्ने लक्ष्यमा छौं । उनका अनुसार उक्त आयोजनाको लागि प्राईम बैंकले एक अर्ब २० करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ ।

असोजमै ग्रुपले विजयपुर दोस्रो परियोजना शुरु गर्ने जनाएको छ । भगवती हाईड्रोपावरले विजयपुर १ निर्माण गरी व्यवसायिक उत्पादन शुरु गरिसकेको छ । सिभिल हाइड्रोपावरले विजयपुर दोस्रोको काम थाल्ने जनाएको छ । भईरहेको विजयपुर १ को विद्युत गृहबाट झण्डै एक किलोमिटर तल परियोजना शुरु गर्ने छौं । इन्जिनियर केसीले भने । परियोजना ४.५ मेगावाटको हुने छ । जसको लागत ९० करोड अनुमान गरिएको छ ।

केसी ग्रुपले नै सेती नदीमा माछापुच्छ्रे गाविसको करुवामा ३६ मेगावाटको परियोजना शुरु गर्दै छ । सेती नदीमै २० मेगावाटको अर्को परियोजना पनि थाल्ने प्रक्रिया अगाडि बढाएको छ । ३६ मेवागाटको लागि पाँच अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ । भने २० मेगावाटको लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । इन्जिनियर केसीका अनुसार प्रति मेवागाट विद्युत उत्पादनको लागि १६ करोड रुपैयाँ खर्च हुने गरेको छ ।

पुसमा थपिने १३ मेगावाटले कास्की जिल्ला लोडसेडिङ मुक्त हुने छ । तर उत्पादन विद्युत कास्कीमा वितरण गर्न पाईने प्रावधान छैन् । सिधै केन्द्रीय प्रशारण लाईनमा जोडिदाँ लोडसेडिङको अवस्था भने घट्ने सम्भावना देखिदैन् । पोखरालाई पिक आवरको समयमा २५ मेगावाट विद्युत आवश्यक पर्छ । तर अहिले मागको आधा हिस्सा पनि आपूर्ति हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend