logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली जनसम्पर्क समिति कतारले दुताबास मार्फत नेपाल सरकारलाइ ज्ञापन पत्र पठायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाली जनसम्पर्क समिति कतारले नेपाली दुताबास कतार मार्फत ७ बुदे माग सहित नेपाल सरकारलाइ ज्ञापन पत्र पठाएको छ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत उक्त ज्ञापन पत्र पठाईएको महामन्त्री अजिज अलिले बताएका छन ।

कार्यबाहक राजदूत लक्ष्मण खनाललाई हस्तान्तरण गरिएको बिज्ञप्तिमा सर्बोच्व अदालतले प्रवासमा रहेका नेपालीहरुलाई मताधिकार दिनु पर्ने भनि गरिएको निर्णयलाइ यथासक्य कार्वान्वयन गर्न, कतार सरकारले नेपालमा स्थापना गर्न गैरहेको भिषा सेन्टर प्रति सरकारको उदासिनता प्रति खेद प्रकट गर्दै यथासक्य कार्वान्वयन गर्न, सरकारले संसदमा पेश गर्न गैरहेको नागरिकहरुको सुचना र संचार संग सम्बन्धित मिडिया काउन्शील बिधेयक र मानवाधिकार सम्बन्धि बिधेयक रोकी सम्बन्धित सबै संग परामर्श गरेर मात्र अगाडी बढ्न माग गरेकोछ ।

७ बुदे बिज्ञप्तिमा राष्ट्रपतीबाट फिर्ता गरिएको राहदानी बिधेयकको स्वागत गर्दै यसलाई पारीमार्जित गर्न र गैर नेपालीले नेपाली रहाधानी प्राप्त गर्न नसक्ने गरी बिधेयक बनाइयोस भनि सरकारको ध्यानाकर्षण गर्दै शान्ति सुव्यवस्था कायम गर्न भ्रष्टचार न्यूनीकरण गर्न कानुनि राज्यको प्रत्याभूति हुने गरि काम गर्न माग माग गरेको छ ।

बिज्ञप्तिमा श्रम स्वीकृति लिएर विदेश गएकाहरुले विदेशमा रहदा प्रयोग गरेका घरायसी सामानमा भन्सार महसुल नलगाउन र पारिवारको लागिकम्तिमा ५५ ग्राम काँचो सुन ल्याउन पाउने ब्यबस्था गरियोस श्रम स्वीकृति लिएर बिदेश जाने श्रमिकहरुले इन्सुरेन्स बापत तिर्ने रकमबाट बिदेश फेरी नफर्कने गरि मुलुक फर्किएकालाई एकमुस्ट प्रिमियम पाउने ब्यबस्था गरियोस भन्ने मागहरु समेटिएको छ ।

कावा सभापति शंकर न्यौपाने र महामन्त्री अजिज अलि द्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्ति बुझाउन नेपाली दुताबास कतारमा जनसम्पर्क समितिका पदाधिकारी नेपाली कांग्रेस महासमिति सदस्य बिमल सुवेदी महाधिवेशन प्रतिनिधि धिरज राइ पुर्ब महाधिवेशन प्रतिनिधि मोहम्मद शाकिर अलि लगायतको टिम पुगेको थियो । नेपाल सरकार र नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाइ बोदार्थ गरिएको पत्र सम्बन्धित निकायमा पठाउने कार्यबाहक राजदूत लक्ष्मण खनालले प्रतिबद्दता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend