साझा नेटवर्क
सजिना मोक्तान,टोकियो जेठ १२ ।
विश्वव्यापी रुपमा छरिएर रहेका तामाङहरुको संगठन अन्तराष्ट्रीय तामाङ परिषद्को पूर्वी एसिया क्षेत्रिय सम्मेलन आउँदो जुन महिनाको २२ तारिखमा थैल्याण्डको राजधानी वैङककमा आयोजना हुने भएको छ ।
तामाङ संस्थाहरुको एउटा ग्लोबल प्लेटफर्मको रुपमा रहेको अन्तराष्ट्रीय तामाङ परिषद्को उक्त सम्मेलनमा पूर्वी एशिया अन्तर्गतका राष्ट्रहरु जापान,थाइल्याण्ड,दक्षिण कोरिया,मलेशिया,हङकङ, बर्मा,मकाउ,सिंगापुर,चीन लगायतका ९ वटा देशमा क्रियाशिल रहेका तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले भाग लिने बताइएको छ । गत बर्षको मंसीर २८, २९ र पुष १ गते अर्थात् 14,15,16 डिसेम्वर २०१८ मा भारतको पश्चिम वंगाल दार्जिलिंङ स्थित मिरिकमा सम्पन्न परिषद्को चौथो सम्मेलनबाट परिमार्जित रुपमा पारित विधान अनुसार संसारभरका तामाङ संघ/संस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिको ब्यवस्थापन गर्ने पनि जनाएको छ ।
उक्त सम्मेलनमा नेपाल तामाङ घेदुङ र भारतमा रहेका अखिल भारतीय तामाङ बौद्ध संघले तोकेको प्रतिनिधिहरुको समेत सहभागिता रहने बताइएको छ । साथै नेपाल र भारतबाट अतिथिको रुपमा तामाङ समुदायको क्षेत्रमा काम गरिरहेका तामाङ व्यक्तित्वहरुको समेत सहभागी हुने जनाएको छ । सो सम्मेलनमा पूर्वी एशिया क्षेत्रीय स्तरको समन्वय समितिको गठन, क्षेत्रीय स्तरमा सहकार्य र केन्द्रिय योजनामा क्षेत्रीय परिषद्को सहभागीताका विषयमा छलफल तथा योजना तर्जुमा कार्यक्रमको तय गर्ने परिषद्का वरिष्ठ उपा-अध्यक्ष टासी लामा तामाङले जानकारी दिनुभयो ।
परिषद्ले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी वैङकक सम्मेलन बारे जानकारी दिएका थिए । परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, अस्मिता वाईबा तामाङ,मोहन गोले,कुमार ब्लोन,रविन लामा थिङ,सिता तामाङ, बेली तामाङ, रामकृष्ण तामाङ लगायतको सहभागीता रहेको पत्रकार सम्मेलनमा परिषद्का पूर्वी एशिया क्षेत्रीय संयाेजक अस्मिता तामाङले विज्ञप्ती वाचान गरेकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend