logo
  • शनिबार, भाद्र २० २०८३

पाल्पाली सेवा समाजले विविध कार्यक्रमहरु आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतारमा स्थापना कालदेखि पाल्पालीहरुको सुख दुःखमा साथ दिदैं आएको पाल्पाली सेवा समाज दोहा कतारले छैठौ साधारणसभा, सांगितिक कार्यक्रम तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी जुन ७ तारिखका दिन कतारको दोहा स्थित गल्फ प्याराडाइज होटलको सभाहलमा आयोजना गर्ने भएको हो ।

सोहि कार्यक्रमको अवसरमा जुन ४, ५ र ६ तारिखमा जिल्ला स्तरीय भलिवल खेल प्रतियोगिताको आयोजना समेत गरेको छ । कतारमा बिगतका वर्षहरुमा अन्य जिल्ला सस्थाहरुले आयोजना गर्दै आएको भलिबल खेल यसपाली पाल्पाली समाजले आयोजना गरेको खेलका संयोजक हेम बगालेले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ कलाकार इन्द्र जीसी, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक बिक्रम परियार र नृत्यंगना सपना ढेंगा सहित कतारमा रहेका अन्य कलाकारहरुको समेत प्रस्तुती रहने समाजका अध्यक्ष इश्वर काफ्लेले बताए ।

कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने भएकोले पनि समाजले यस प्रकारका कार्यक्रम गर्दै आएको अध्यक्ष काफ्लेले बताए । कार्यक्रममा बिशेष अतिथिको रुपमा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, पत्रकार तथा सञ्चारकर्मी एवम् मोडल कृष्ण पाण्डेको समेत सहभागिता रहनेछ ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रानीमहल ट्रेडिङ टेलरिङ डव्लु एल एल रहेको छ । त्यस्तै मिडिया सहयोगीको रुपमा पाल्पा समाचारपत्र साप्ताहिक, पाल्पा समाचार डटकममा र साझा नेटवर्क डटकम रहेको समाजका सचिव रामलाल खातीले बताए ।

समाजले पाल्पा जिल्लाका हरेक सुख दुखमा साथ दिदै आएको छ । समाजले हालैको वर्ष मात्रै जिल्लामा आधा दर्जन बिद्यालयका गरिव तथा बिपन्न परिवारका २ सय ५० बिद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक बिद्यालयको दृष्टिबिहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बरावरको अक्ष्यकोष स्थापना गरेको छ । समाजले यी बाहेक दर्जनौं रचनात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend