साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ३० ।
गुल्मीको सदरमुकाम तम्घास धागीथुमका भेषबहादु कुँवर र उहाँकी धर्मी पत्नी अमृतादेवि कुँवरका जेठा ईश्वरीजंग संगै तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयमा पढेकाहरु अहिले प्राय धेरै जसो युके र अमेरिकामा रहेको पाईएको छ ।
कुँवर दम्पत्तीका छोरा ईश्वरीजंग कुँवरले देश विदेशमा रहेका पुर्व विद्यार्थीहरुलाई संगठित गरी त्यस विद्यालयलाई २ लाख ३९ हजारको गरिव जेहन्दार विद्यार्थीहरुका लागि अक्षय कोषको स्थापन गरिएको छ । कुल ४ लाख २५ हजार संकलन भएको र त्यस मध्ये १ लाख ८६ हजार मुल्य वरावरको रेसुङ्गा माविका विपन्न वर्गका ७० जना विद्यार्थीहरुलाई ड्रेश वितरण गरिएको अमेरिकाबाट कुँवरले जानकारी दिए ।
उनले अमेरिकाबाट पठाएको विवरण अनुसार रेसुङ्गा माविका पुर्व विद्यार्थी सञ्जय श्रेष्ठले अमेरिकाबाट ५२ हजार ४ सय २७ रुपैयाँ पठाएका थिए । सोही स्थानबाट ज्ञानेश्वर श्रेष्ठले ५१ ह्जार ६ सय ९७ रुपैयाँ, अमेरिकाबाटै ईश्वरादेवि थापाले २० हजार ६ सय ७८, विश्व श्रेष्ठले पनि त्यति नै रकम, भेषबहादुर कुँवर दम्पत्तीका नाममा छोराहरुले १५ हजार, भिष्म मरासीनीले १५ हजार, प्रकाश भलामीले १० हजार ४ सय ८५ , अंशु लिलु केसी (कमला ) ले १० हजार ३ सय २९ रुपैयाँ पठाएकी थिईन् ।
अमेरिकाबाटै संगिता थापा ( सपना ) ले त्यति नै रकम, प्रभा पन्थीले १० हजार , प्रेम कुवरले ३ सय अमेरिकी डलर, दिञ्जु श्रेष्ठ ( निरा ) , हुमा सेन, गंगा थापा, राजु क्षेत्रीले सय –सय डलर पठाएका थिए । सोही विद्यालयका पुर्व विद्यार्थी तम्घासका विरेन्द्र श्रेष्ठले लण्डनबाट १५ हजार, अष्ट्रेलियाबाट विक्रम गुरुङ्गले २ सय डलर, साउथ कोरियाबाट राजु क्षेत्रीले १ सय डलर, ईङ्गल्याण्डबाट रामप्रसाद सापकोटाले २ सय डलर , तम्घासबाटै कृष्ण पोखरेलले १० हजार , काठमाण्डौंबाट लक्ष्मी बस्नेतले १० हजार र सोही स्थानबाट राजेन्द्र पाण्डेले २५ हजार पठाएका थिए ।
कुँवर भन्छन् –‘यो सुरुवात मात्रै हो, हामी विस्तारै थप पुर्व विद्यार्थीहरुलाई संगठित गर्दै रेसुङ्गा माविका गरिव जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा दिलाउनमा सहज वातवरण बनाउन कम्मर कसेका छौं ।’ पुर्व विद्यार्थीहरुले विदेशमा पुगेर पनि वर्षौ पछि सम्झेर सहयोग गरेको प्रति त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले आभार प्रकट गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend