साझा नेटवर्क
साझा नेटवर्क, कतार।
दोहा- कतारका लागि नेपाली राजदुत महामहिम प्रोफेसर रमेश प्रसाद कोइरालालाई नेपाली जनसम्पर्क समिति कतारले सम्मान तथा बिदाई गरेको छ ।
राष्ट्रिय गान गाएर सुरु गरिएको नेपाली दुताबास कतारको सभाहलमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा राजदुत कोइरालालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थाका संस्थापक सभापति नरेन्द्र भाट, संस्थापक प्रमुख सल्लाहकार बद्रि पाण्डे र निबर्तमान सभापति बिमल सुवेदीले सामुहिक रुपमा प्रमाण पत्र सहित दोसल्ला र खादा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रम लाई सम्बोधन गर्दै सम्मनित ब्यक्तित्व राजदुत कोइरालाले आफुले दुई बर्षमा गरेका उपलब्धिको चर्चा गर्दै कार्वान्वयन नभएका तर प्रक्रियामा रहेका श्रमिक हक हितका कार्यहरुको बारेमा दुताबास र नेपाल सरकारलाई तपाईंहरुले घचघच्याइ रहनु पर्ने र दोहाको नेपाली समाजले आफ्नो कार्यकाल भरी गरेको सहयोग र सहकार्य प्रती आभार प्रकट गर्दै आगामी दिनमा समुदायले दुताबासलाई यस्तै सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको कुरा ब्यक्त गर्नु भयो ।
राजदुत कोइरालालाई नेपाल सरकारले कार्यकाल पुरा नहुदै फिर्ता बोलाएको प्रति खेद प्रकट गर्दै असल र उदारणीय कार्य गर्दा गर्दै पनि राजनैतिक प्रतिसोधबाट फिर्ता बोलाउने निर्णय गरेर सरकारले गल्ति गरेको बक्ताहरुको भनाई थियो ।सरकार परिबर्तन हुने बित्तिकै राजदुत फेर्ने चलनले राज्यलाई आर्थिकभार मात्र हैन दुइ देशको कुटनैतिक सम्बन्धमा पनि प्रभाब पर्छ भन्ने सरकारले बुझ्नु पर्ने थियो दुई तिहाइको दम्भले गरिएका निर्णयले देशलाई फाइदा नपुग्ने कार्यक्रममा संस्थापक सभापति नरेन्द्र भाटले बताए । कतारमा दुताबास स्थापना भएपछी धेरै राजदुतहरु हामीले स्वागत र बिदाई गरेउ तर अहिलेका राजदुत कोइरालाको बिदाई गर्दा खल्लो महसुस भएको छ
। उहाँले बिगतका राजदुतले भन्दा धेरै राम्रा कामहरु गर्नु भएको थियो र गर्ने क्रममा हुनुहुन्थ्यो दुताबासमा भएको तिब्र सुधार र व्यवस्थापन प्रशंसनीय काम थियो तर सरकारले किन फिर्ता बोलाउने निर्णय गर्यो भन्दै संस्थाका प्रमुख सल्लाहकार बद्रि पाण्डेले आश्चार्य व्यक्त गरे ।संस्थाका निबर्तमान सभापति एवं एनआरएनए आइसीसी सदस्य बिमल सुवेदीले एउटा प्रसङ्ग सुनाउदै राम्रा मान्छेहरुलाई नराम्रा ठाउँमा पठाउनुको अर्थ त्यो ठाउँमा नराम्रो कुरा हटोस् भनेर हो महामहिम ज्युलाई पनि नेपाल सरकारले कतारको सुधार संगै अर्को ठाउँमा सुधारको आवस्यकता ठानेर बोलाएको हुन सक्छ भन्दै राम्रा र असल मान्छे जहाँ गए पनि राम्रै हुने तर्क राख्दै कतार स्थित नेपाली समाज, दुताबासको कार्यसम्पादन तथा कतार सरकारसँग सबै सँग मिलेर देश बिकासमा आर्थिक लगानी भित्र्याउन सक्ने क्षमता महामहिममा थियो,उहाँले गरेका र पुरा नभएका कार्यलाई दुताबास परिवारले अगाडी बढाउन सकोस नेपाली श्रमिक हक हितको पक्षमा दुताबास यसरी नै लागि पर्न सकोस भन्ने कुरा उजागर गर्नु भएको थियो ।
कार्यक्रममा दुताबासका उप नियोग प्रमुख लक्ष्मण खनाल एनआरएनए गल्फ उपसंयोजक प्रविन गुरुङ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि धिरज राइ बैचारिक संस्थाहरु प्रबासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेल अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) का देव परियार एनआरएनए एनसिसिका कावा अध्यक्ष तेज कटवाल जनसम्पर्क समिति कतारका सल्लाहकार मोहम्मद शकिर अलिले मन्तब्य राखेका थिए ।
समितिका सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य उपसभापति शंकर न्यौपानेले राखेका थिए भने कार्यक्रम संचालन महामन्त्री अजिज अलिले गरेका थिए l कार्यक्रममा जनसंपर्क समिति कतारले प्रकाशित गरेको स्मारिकाको दुइटा अंक महामन्त्री बाट राजदुतलाई हस्तान्तरण गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend