साझा नेटवर्क
एजेन्सी।
आतङ्कवादी सञ्जाल इस्लामिक स्टेट्स, आइएसले अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा सञ्चालन गरिरहेको एक रेडियो स्टेशन हवाई आक्रमणमा परी ध्वस्त भएको छ । अफगानिस्तानको सेना र प्रहरीले बिहीबार बिहान गरेको हवाई कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् ।

नान्गार प्रान्तको आचिन जिल्लामा सो रेडियो स्टेशन आइएसले सञ्चालन गरिरहेका थिए । बिहीबार बिहान भएको मानवरहित हवाई हमलामा सो स्टेशन ध्वस्त बनाइएको जनाइएको छ ।
उक्त स्टेशनमा रहेको आशङ्का गरिएका केही हतियारधारी आतङ्ककारीहरु पनि मारिएको सो समाचारमा उल्लेख गरिएको छ । अफगानिस्तानको टोलो टेलिभिजनले बिहीबार बिहान दिएको समाचारमा सो रेडियो स्टेशनमा लुकेर बसेका ठानिएको आइएसका उच्चस्तरीय नेता पनि मारिएका छन् । उक्त रेडियोका प्राविधिकका साथै ती आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ ।
थानीय सञ्चारमाध्यमहरुले सो रेडियोमा केही उच्चस्तरीय आइएस कमाण्डरहरु प्राविधिकको भेषमा लुकेर बसेको आशङ्कामा सो हमला गरिएको जनाएका छन् । चीनको नान्गार प्रान्तका प्रान्तीय प्रवक्ता अताउल्लाह खोगियानीले सो समाचारको पुष्टि गरेका हुन् ।
उनले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । सो क्षेत्रमा हाल प्रहरीले नियन्त्रण गरी क्षतिको खोजी थालेको पनि उनले जानकारी दिए । आइएसले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैन । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend