logo
  • शनिबार, भाद्र २० २०८३

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सजिना मोक्तान,जापान बैशाख २३ ।

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । जापानको नागोया स्थित सेतो सामुदायिक हलमा सम्पन्न उक्त महाधिवेशनले चन्द्र कुमार जवेगुको अध्यक्षतामा १० जना पछि मनोनीत गर्ने गरी २१ सदस्यीय नव निर्वाचित कार्य समितिको चयन गरेको हो ।

नेफिन जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख आतिथ्यततामा सम्पन्न उक्त कार्यक्रमका अन्य अतिथीहरुमा एनआरएनए जापान क्षेत्रिय समिति तोउकाइका सचिव शयाम सितल,नेफिन क्षेत्रीय समिति नागोयाका संयोजक कौडा बूढामगर,नेपाल मगर संघ तोउकाइका सल्लाहकार गंगा घर्ती,किराँत राई यायोख्खा का प्रतिनिधी मनीष राई र शेर्पा संघ तोउकाईका जापानका अध्यक्ष काजी शेर्पा रहेका थिए ।

नव निर्वाचित कार्यसमितिका अध्यक्षमा चन्द्रकुमार जवेगू ,उपाध्यक्षहरु सुदिप पालुङवा,अपेक्षा मादेन,मनकुमार तुम्सा,देवेन्द्र लाओती, पुस्पराज थेवे,महासचिवमा लक्ष्मीहाङ आङवो,सचिवहरु वालविक्रम तिगेला,रेखा तुम्वाहाम्फे,नरेस योङहाङ,मुक्साम लाओती,प्रविन सामयेम्खाम,कोषाध्यक्षमा हरेन्द्र नाल्वो,सह- कोषाध्यक्षमा किशोर आङवुहाङ र सदस्यहरुमा युवराज लाओती,मानवहादुर मादेन खेवा, भिष्म लाओति,वसन्त शेर्मा,वालकिसोर लिम्बू,सुर्य मावो र बाँकी १० जनालाई निर्धारित पहिलो वैठकले मनोनीत गर्ने गरी कार्यसमितीको चयन गर्दै किरण थेगिमलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।

अधिबेशन आयोजक समितिका संयोजक तथा उपाध्यक्ष चन्द्र लिम्बुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सुदिप पलुङ्वाको स्वागत मन्तव्य र महासचिव लक्ष्मिहाङ आङबो र सचिव मन कुमार तुमसाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend