logo
  • शनिबार, साउन ३० २०८३

खेल की राजनीति ? २६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडाै, आषाढ ३०।
प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ।
pilitics nepal

मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ। यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक वृद्धि भएको छ। निर्वाचनमा हुने खर्च र स्थायित्व हुने विश्वासमा निजी क्षेत्रले लगानी बढाउने हुँदा यी वषएमा बढी वृद्धि हुने गरेको विज्ञ बताउँछन्।

‘अरु सबै ठीकठाक हुँदाहुँदै पनि वृद्धि हासिल नहुनुको कारण राजनीतिक कारण नै हो,’पूर्वअर्थ सचिव रामेश्व्र खनालले भने,‘निर्वाचन हुँदा स्थायित्व होला भन्ने अपेक्षाले बढी वृद्धि हुने देखिएको छ।’

प्रजातन्त्र पुनःस्थापना भएकै आर्थिक वर्ष २०४७/४८ मा ६ दशमलब ३ प्रतिशत वृद्धि भएको थियो। हालसम्मकै सवैभन्दा बढी आर्थिक वृद्धि भने आर्थिक वर्ष २०५०/५१ मा हासिल भएको थियो । उक्त वर्ष ७ दशमलब ६ प्रतिशतको वृद्धि भएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend