logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा ११ महिनामा खर्च हुन नसकेको रकम एक महिनामा सकियो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ३०।
यस आर्थिक वर्षमा गुल्मी जिल्लाको विकास निर्माणमा ११ महिनामा करिव तिन करोडको काम भएको र जम्मा एक महिना असारमा भने डेढ अरवको काम भएको खुलासा भएको छ । नेपाल राष्ट्रिय वाणिज्य बैंक गुल्मी शाखा श्रोतले दिएका जानकारी अनुसार यस जिल्लाको विकास निमर्णमा असार महिनामा मात्रै करिव डेढ अर्व रुपैयाँ निकासी हुने गरेको छ ।

gulmi national baink directorजेठ मशान्त सम्म यस बैंकबाट २ अर्व ४७ लाख ८१ हजार ५ सय ४६ रुपैयाँ निकासी दिएका थियौं ’–राष्ट्रिय वाणिज्य बैंक गुल्मी शाखाका प्रवन्धक हरिप्रसाद पाण्डे भने–असार १ गते देखि आजको मिति सम्म १ अर्व १० करोड निकासी दिएका छौं । उनले थपे–‘अवको तिन दिमा करिव २५ करोड निकासी दिने अनुमान गरिएको छ । उनका अनुसार जिल्लाको निकास निर्माणमा यस आर्थिक वर्षमा अहिले सम्म ३ अर्व, १४ करोड २७ लाख ९ हजार १ सय १६ रुपैयाँ निकासी भई सकेको छ । यसबाट गुल्मीमा प्रायः हरेक वर्ष कुल विकास वजेटको दुई तिहाई काम ११ महिनाको अन्तराल जेठ सम्म हुने र एक तिहाई असारको एक महिनामा मात्रै खर्च हुने स्पष्ट भएकोे छ ।

यस सम्वन्धमा स्थानिय विकास अधिकारी डिलाराम पन्थी संग सम्पर्क राख्दा उनले यस आर्थिक वर्षमा भुकम्प पिडितको उद्धार, भारतिय नाकावन्दीका करण काम अलि ढिला भएको स्वीकार गरे । उनले भने–‘ ति कारणबाट निश्चित रुपमा काम अलि भएकै हो तर कुल विकास वजेटको ७० प्रतिशत निकासी दिई सकेका छौं । यसै विच राष्ट्रिय वाणिज्य बैंक गुल्मी शाखाको प्रवन्धकमा गुल्मीकै हरिप्रसाद पाण्डेले हालै नियुक्ती पाएका छन् । रेसुङ्गा नगपालिका ८ अर्घाखाँची वसपार्क माथी घर भएका पाण्डेले जागिर अवधीको झण्डै २७ वर्ष पछि जिल्ला शाखाको प्रवन्धक भएको बताए ।

जम्मा दुई वर्ष अन्य जिल्ला र वाँकी समय गुल्मी शाखामैं काम गरेका बतउने पाण्डेले जिल्लावासी भएकोले आफुले रा.वा. बैंकमा ढिला सुस्ती र झण्झटीलो हुने सर्वसाधरणको मानसिकता मटाउने गरी आफुले कार्य सञ्चालन गर्ने बताए । २०४५ सालमा तत्कालिन रा.वा. बैंक रिडी शाखामा सहायक–‘ग’ पदबाट पाण्डेले नियुक्ती पाएका थिए । द्धन्द्धकालमा उक्त बैंक बन्द भए पछि उनि जिल्ला शाखामा आएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend