logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए कतारको अन्तिम परिषद भेला ३ मईमा हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संस्थाको अन्तिम परिषद भेला आगामी ३ मई २०१९ का दिन गर्ने गरि कार्य तयारी पुरा भएको जनाएको छ ।
परिषद भेला नेपाली राजदूतावासको हलमा हुने अध्यक्ष नगेन्द्र पोखरेलले बताएका छन् । उहाँका अनुसार कार्यसमितिको २६ अप्रीलमा बसेको नवौं बैठकको छलफल पश्चात तयारी पुरा भएको र भेलाले संस्थाको प्रतिवेदनहरु पारित गर्नुका साथै पुराना सदस्यहरुको नविकरण गर्ने, नयॉ परिषद सदस्यहरुको आह्वान गर्ने, र नयॉ कार्यसमिति चयनको प्रक्रियाहरु उक्त भेलाबाट आगामी कार्यकालको लागि सुरु हुनेछ ।

संस्थाका महासचिव बुधबल गुरुङका अनुसार हाल एनसीसी कतारमा कुल २,३१० जना परिषद सदस्यहरु छन् । गुरुङका अनुसार एनसीसी कतारको सातौं महाधिवेसनबाट निर्वाचित यस कायसमितिले संस्थागत सुधारमा बढी जोड दिईएको थियो । उहॉका अनुसार सामाजिक संस्था विधान अनुसार अविछिन्न रुपमा चलिरहनु पर्दछ । त्यसैले कार्यसमितिले संंस्थाको आर्थिक नियमावली तथा आचार सहिंता नियमावलीहरु तयार पारी लागू गराई सकेको बताए ।

त्यसै गरी खाडी मूलुक कतार श्रमिकहरु धेरै कार्यरत भएको देश हो । यहॉ दुखमा पर्ने श्रमिहरुरुलाई लक्षित गरी संघले श्रमिक कल्याणकारी कोषको स्थापना पनि गरेको छ । यस बोष मार्फत दुखमा परेका धेरै श्रमिकहरुलाई बिभिन्न समयमा सहयोग गर्दै गरिरहेको छ ।

त्यसै गरी कतारमा कार्यरत पत्रकारिता गर्ने पत्रकारहरुको मनोवल विकास गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ । त्यस्तै कतारमा कार्यरत साहित्यीक सर्जकहरुलाई प्रोत्साहित गर्न साहित्यीक पुरस्कारको पनि स्थापना गरेको छ । यी पुस्कारहरु हरेक कार्यकायलाहरुमा प्रदान गर्ने गरी नियमावलीहरु पनि तयार भई सकेको
संघले जनाएको छ।

महासचिव गुरुङका अनुसार एनसीसी कतारको यस २०१७ – १९ कार्यकालमा संस्थाको आन्तरिक कार्यक्रमहरु बाहेक अन्य धेरै कार्यक्रमहरु कतारमा स्थापित संघ संस्थाहरु संग सहकार्य गरेर आयोजना गरका छन् । उहाँले सम्पूर्ण संस्थाहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend