logo
  • शनिबार, भाद्र २० २०८३

रकम निकासा गर्न आउने १ जना महिला भेटिएनन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ३०।
गत एक हप्ता देखि जिल्ला विकास समिति र त्यहाँबाट रकम स्वीकृती भई राष्ट्रिय वाणिज्य बैंक गुल्मी शाखमा गरिएको चियोचर्चोका क्रममा विद्यालयका शिक्षिका वाहेक जिल्ला विकास समित अन्तगर्त मार्फत सञ्चालन भएका विकास निर्माण उपभोक्ता समितिको पदाधिकारीको हैसियतले रकम निकासी गर्न आउने एक जना पनि महिला भेटिएनन् ।

gulmi national bainkराष्ट्रिय वाणिज्य बैंकमा सयौं पुरुषहरुको भिड थियो त्यस भिडमा त्यस्तै चार पाँच जना महिला थिए । ति सवैलाई कुन उपभोक्ता समितिबाट रकम निकासी गर्न आउँदै हुनुहुन्छ ? भनेर प्रश्न गर्दा ति सवैको जवाफ एउटै थियो–हामी कुनै विकास निर्माणबाट आएको होईनौं, विद्यालयबाट आएका हौं ।

उपभोक्ता समिति लगायत लक्षित वर्गको समावेशी उपभोक्ता समितिमा रहेकाहरु केवल किनाराका साक्षी जस्तै बनेको प्रति केहि दिन अघि स्थानिय विकास अधिकारी डिलाराम पन्थीको ध्यानकृष्ट गराउँदा उनले यस प्रति आफु गम्भीर भएको बताएका थिए ।

राष्ट्रपति पुरुष भए महिला उपराष्ट्रपति, प्रधानमन्त्री महिला भए पुरुष उपप्रधानमन्त्री हुनुपर्ने संविधानमा उल्लेख भएपछि अव स्थानिय विकास निर्माणमा पनि महिलाहरुले त्यो दावी गर्ने तर्फ लाग्नु पर्ने देखिएको छ ।


महिला अध्यक्ष रहेको योजना ७ वर्ष देखि अलपत्र
जिल्ला विकास समितिले माथीबाट आएको निर्देशिका अनुसारको उपभोक्ता समिति बनाउन कडाई गर्दै आए पनि ति समितिमा रहेका महिलाहरु किनाराका साक्षी जस्तै बन्दै आएका छन् ।

श्रीमान उपभोक्ताहरुको भेलामा जाने, एउटी महिला कसलाई राखौं ? भन्ने सवाल उ्ठुदा लौ फलानी कि श्रीमतिलाई राखौं भन्ने तर ति फलानीकी श्रीमतिलाई कति रकम पर्यो भन्ने कुरा समेत थाह नहुने गरेको पाईएको छ । पिपलधार–३ मा खानेपानी योजनाकी अध्यक्ष रहेकी सिता महतलाई त्यस योजनामा कति रकम परेको छ? भनेर सोध्दा मलाई थाह छैन सरलाई (खिमहादुर महत) लाई सोध्नुस भनेर बताईएकी थिईन् ।

करिव सात वर्ष अघि उनलाई अध्यक्ष बनाएर उपभोक्ता समिति आफैले गठन गरेका खिमबहादुर महतले त्यो रकम कहाँबाट कति पारेका हुन् भन्ने कुरा अध्यक्ष सिता महतलाई त परै जावोस पिपलधारका राजनैतिक दलहका अगुवाहरुलाई समेत थाह छैन् । तिसौं लाख वरावरको पाईप आफ्नै घरमा ल्याएर थक्काएका महतले मुल विवाद कै कारण त्यहाँका वासीन्दालाई पानी खुवाउन सकेका छैनन् ।

उनि जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति भएकोले पनि आफुु समितिको अध्यक्ष नवसेर सिता महतलाई बनाएको पाईएको छ । पिपलधार वडा नम्वर ६ को चोरपानी पँधेरको मुल त्यहाँका झण्डै २ सय घरधुरी दलित वस्तीलाई सुईको नदिई दर्ता गरेका महत विरुद्ध त्यहाँका दलितहरु उत्रिए पछि उक्त योजना अलपत्र परेको हो । महतले भने आफु माथी राजनैतिक पुर्वग्रह साँधेर अन्याय हुँदै आएको बताउँदै आएका छन् ।

आफुलाई न कुनै जानकारी न त खानेपानी योजनाको काम हुन सकेकोबाट असन्तुष्ट रहेकी उक्त खानेपानी समितिको अध्यक्ष सिता महतले अहिले राजीनाम दिएको बताईएको छ । पिपलधारा निवासी नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसीका अनुसार सिता महतले ६/७ महिना अघि नै राजीनामा दिएकी हुन् । जिसीले भने– मुलकै विवादका कारण झण्डै सातवर्ष देखि उक्त योजना अलपत्र छ तर अर्को पुरुष अध्यक्ष बनाईए पनि काम हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend