logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको साँस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, दोहा ।
कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था “प्रवासी म्याग्देली दृष्टि, सम्बृद्ध म्याग्दीको सृष्टि” मोना कतारले नयाँ वर्ष २०७६ को शुभकामना आदान-प्रदान सहित आयोजना गरेको चौथो साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
जिल्लामा १० लाखको बहुउद्धेशीय अक्षयकोष स्थापनार्थ आयोजना गरिएको कार्यक्रमको सभापति समाजका अध्यक्ष तिलु शर्मा पौडेल तथा नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराई प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा मोना आइइसी उपाध्यक्ष प्रेम बहादुर विश्वकर्मा,प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जन सम्पर्क समिति कतारका महामन्त्री अजिज अलि सहयोगी संस्थाहरु प्रमुखहरु तथा प्रतिनिधिहरु लमजुङ सेवा समाज, गोरखा सेवा समाज, नवलपुर सेवा समाज, गुल्मी सेवा समाज, अर्घाखाँची सेवा समाज, घतान सेवा समाज,गन्डकी प्रदेश समन्वय परिषद, बाग्लुङ सेवा समाज, पर्वत सेवा समाज, स्याङ्गजा सेवा समाज, काँस्की आदर्श सेवा समाज,तनहुँ सेवा समाज, रानीमहल ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग, काठमाण्डौ ट्रेडीङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग, वशन्त फिल्मस प्रालि लगायत बिशेष अतिथि रहेका थिए।

विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा समाजका उपाध्यक्ष मिन ब. कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सम्पुर्ण संघ सस्थाको तर्फबाट शुभकामना मन्तव्य गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नवीन पोख्रेल, सम्पुर्ण प्रदेशको तर्फबाट गण्डकी प्रदेशका उपाध्यक्ष बिकास भुजेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोखरेल, नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराई , मोना कतारका संरक्षक प्रेम रसाइली लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजले म्याग्दी जिल्लाको लागि भई परि आउने बिभिन्न समस्यको समाधान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरि सहरानिय कार्य प्रति खुसि व्यक्त गर्दै ब्यक्ताहरुले सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो जसमा क्रमश दुई चुल्ठी बाटेर गीतको बोलमा दिपिका बि.क, यति यति पानीमा सुष्मन विश्वकर्मा, गोकुल बिक र रन्जिता अधिकारीले तिम्रो लागि म छु बोलको गीतमा नृत्य प्रस्तुत गरे ।

गङ्गा बस्नेत र देब घिमिरेले वारि घुन्टे पारी गाजा, राम विश्वकर्माले रुमाल हल्लाइ हल्लाइ, नारायण पुन उहि खोलिको पानी उहीँ खोलिको माछा बोलका गित प्रस्तुत गरे भने देबेन्द्र गर्बुजाले “भुली गए एकान्तमा” गजल बाचन गरे त्यस्तै स्वतन्त्र नेपालले देश बिगारेको, कहिले भाग्यले तर्साउछ, कहिले जिवनले तर्साउछ, आमा लगायतका मुक्तक गरेका थिए ।

त्यसैगरी नेपालबाट आमन्त्रित चर्चित कलाकार अमृता श्रीपाल र कुमार पुनको करिपन १ दर्जन सांगीतिक प्रस्तुतिले पनि दर्सक दिर्घमा रमाइलो छाएको थियो । कार्यक्रममा सस्थालाइ बिभिन्न समयमा योगदान पुराउने संघ सस्था र सामाजिक ब्याक्तित्वलाइ खादा सहित प्रमाण पत्र र कलाकारहरु हरुलाइ नगद पारिश्रमिकको साथमा खादा र प्रमाण पत्रले सम्मान गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउनको निम्ति कतारमा रहेका म्याग्देली संगै गैर म्याग्देली नेपाली दाजुभाइ हरुको भरपुर उपस्थिति रहेको थियो भने कार्यक्रमको लागि कतारमा सक्रिय रुपमा रहेका १७ सस्था र नेपाली दुताबास दोहा कतारले सहयोग गरेको मोना कतारले जनाएको छ ।

कार्यक्रममा म्याग्देली तथा गैर म्याग्देलिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समाजलाई विभिन्न समयमा सहयोग पुराएका सस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो । कार्यक्रमको अन्त्यमा पन्चेबाजामा लाइभ दोहोरी प्रस्तुत गरिएको थियो।

सस्थाका अध्यक्ष तथा सभापति तिलु शर्मा पौडेलले कार्यक्रम सफल बनाउन विभिन्न कोणबाट सहयोग पुराउनुहुने सबैलाई धन्यवाद तथा नयाँवर्षको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापान भनेको घोषणा गरेका थिए भने कार्यक्रम समाजका महासचिव थम गिरी र देवी दत्त कंडेलको सहजीकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend