साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
दु:ख सुखमा साथ लमजुङ सेवा समाज भन्ने मुल नाराका साथ कतारलाई कर्मथलो बनाउदै आएका लमजुङ्गेहरुको साझा सस्था लमजुङ सेवा समाज कतारले अप्रिल १९ तारिख (वैशाख ६ गते) नेपाली नयाँ वर्ष २०७६ सालको अवसर पारी शुभकामना आदानप्रदान तथा सांगीतिक रमाइलो बनभोज कार्यक्रम आयोजना गरेका थिए। दोहा शहर भन्दा केही पर रहेको कतारका शुन्दर पार्क मध्यमा पर्ने सुन्दर पार्क अल दोसरी पार्कमा आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथी सस्थाकै संरक्षक पुर्ण बहादुर पोखरिया रहेका थिए ।
विशेष गरि लमजुङ जिल्ला वासीहरुको दुख-सुख आपसमा भेटेर साटासाट र नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्ने हेतुका साथ आयोजना गरिएको उक्त कार्यक्रम सुरुगर्नु एक हप्ता अगाडि कतारमा नै कार्यरत लमजुङ निवासी इन्द्र प्रशाद दवाडीको आफ्नै निवासमा सुतेकै क्रममा असामयिक निधन भएकाले त्यो दु:खलाई आत्मसात गर्दै मृतकको आत्माचिर शान्तिको कामना गर्दै परिवार प्रती समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारणा गरि कार्यक्रम सुरुवात गरिएको थियो ।
त्यस लगतै दु:ख लाई शक्ति मा बदल्दै औपचारिक कार्यक्रम मा उपस्थित अतिथी गण लगायत सम्पुर्ण बाट नेपाली रास्ट्रगान वाचन संगै प्रमुख अतिथी बाट दिप प्रज्वलन गरि कार्यक्रम को उद्घघाटन गरिएको थियो । उपस्थित सम्पुर्ण को स्वागत गर्दै सस्थाको छोटो परिचय संगै नयाँ बर्ष को शुभकामना सहित सस्थाका तृतीय उपाध्यक्ष बिनोद प्रसाद वसौला ले सम्पुर्ण उपस्थित अतिथी गण दर्शक हरु प्रती सस्थागत रूपमा स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम नितान्त आन्तरिक भएकाले नेपालबाट आमन्त्रित आफ्नै जील्लावासी गायिका सुनिता अधिकारी विशेष अतिथी, सस्थाका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ लगायत सस्थाका सल्लाहकार सदस्यहरु शिवराज गौतम, युग्दजङ्ग गुरुङ, रविन्द्र गुरुङ, प्रवीण श्रेष्ठ, सस्थाकै मातहतमा संचालित लमजुङ वचत तथ ऋण समूहका संयोजक युएन कडरिया लगायत कार्यक्रम आन्तरिक भएतापनि गण्डकी प्रदेश भित्रका कतारमा स्थापित जिल्ला सस्थाका अध्यक्षहरु क्रमश मोना कतारबाट तिलु शर्मा, गोर्खा सेवा समाजका राजेश्वर ढकाल, स्याङ्जाबाट उपाध्यक्ष घनश्याम जैसी, पर्वत समाजका सविन्द्र श्रेष्ठ, वागलुङ सेवा समाज कतारका प्रमुख सल्लाहकार केदार शर्मा, साथै तमु सास्कृतिक परिवारका अध्यक्ष मदन गुरुङ, सामाजिक अभियन्ता तथा व्यवसायी राकेश श्रेष्ठ लगायतका ब्यक्तित्वहरु को उपस्थिति थियो ।
करिब २५० भन्दाबढी लमजुङ्गेहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानिय लमजुङ्गे नृत्यङ्गना सोनिका गुरुङ को स्वागत नृत्य बाट सुरुवात गरिएको सास्कृतिक कार्यक्रम मा क्रमश सस्थाकै गायक अमृत वि.क र गायिका सुमित्रा शाही ठकुरी ले आफ्नो प्रस्तुती राख्दै कार्यक्रम लाई सांगितिक माहोल तिर लगेका थिए।
कतार का युवा पुस्ता माझ निकै चर्चित द रेन्ज ब्यान्ड का प्रमुख गायक नवराज श्रेष्ठ लाई सस्थाकै कुशल गितार वाधक एवं गायक राज श्रेष्ठ को साथ ले केही युवा पुस्ता माझ लोक प्रिय गित ले दोसरी पार्क नेपाली गित संगितमय बनेको थियो यो बिच मा उपस्थित जिल्ला सस्थाका प्रतिनिधित्व गर्दै मोना कतार का अध्यक्ष तिलु शर्मा ले लमजुङ सेवा समाज संग को सहकार्य बारे केही भनाइ राख्दै नयाँ बर्ष को शुभकामना साटेका थिए।
सस्था कै डान्सर तथा मोडल राज लोपचन र मन्जिला गुरुङ को नृत्य ले पुन साङ्गितिक माहोल तिर तात्दै गर्दा आमन्त्रित गायिका सुनिता अधिकारी का चर्चित आफ्नै आधा दर्जन भन्दा बढी गित र केही अन्य सर्जक का गित गाउदै करिव १ घण्टा दोसरी मा उपस्थित लमजुङ्गे ले नाचेर रमाइलो लिए ।
यस अघिका सस्थाले आयोजना गरेका कार्यक्रम हरुमा र सास्कृतिक प्रस्तुती दिई सहयोग गरेका कलाकार हरु तमु सास्कृतिक परिवार का कलाकार हरु,तामाङ कलाकार संघ का कलाकार हरु,नेपाली कलाकेन्द्र का कलाकार संगै सोही दिन प्रस्तुती दिएका द रेन्ज ब्यान्ड का कलाकार लगायत सस्थाका कलाकार हरुलाइ समेत प्रमुख अतिथी बाट खादा र सस्थाका अध्यक्ष बाट प्रंशसा पत्र दिएर सम्मान गरिएको थियो ।
सोही कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै सस्था का नीवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार बिष्णु लाल श्रेष्ठ ले आफुले दुई कार्यकाल सस्थाको अध्यक्ष पद मा रहेर नेतृत्व गर्दै गर्दा का अनुभवहरु लमजुङ्गे माझ बाढ्दै सस्थामा आवद्व हुन सम्पुर्ण लमजुङ्गे हरु लाई अपिल गरेका थिए।
दुख मा सस्था सबैलाइ जरुरत पर्ने रहेछ तसर्थ हामी सुख र खुसी रहदा पनि सस्थालाइ सम्झन सक्नु पर्छ यो सबैको साझा हो यो विशुद्ध छ र रहिरहन समेत अहिले का कार्य समिती का साथी हरुलाइ अनुरोध गर्छु उनको भनाइ थियो। उपस्थित दर्शकको माग पुन साङ्गितिक कोसेलि नै सुन्न हेर्न आतुर भएका कारण सस्था कै गित संगितका सर्जक मंगल वि क का केही चर्चित गित ले दर्शक नचाएका थिए ।
सस्थाका नव गायक रविन्द्र घिमिरेको प्रस्तुतीमा लमजुङ्गे युवा पुस्ता झुम्दै थिए त पवन थापा मगरको नृत्यमा तालीले साथ दिइरहेका थिए।कतार का नेपाली कार्यक्रम हरुमा अब्बल सास्कृतिक प्रस्तुती राख्ने गायक निनल गुरुङ का केही गित मा रम्दै तमु सास्कृतिक परिवार का कलाकार को बेजोड नृत्य ले साहानिया दोसरी पार्क नेपाली गित संगितमय बनेको थियो।
नेपाल बाट आमन्त्रित गायिका सुनिता अधिकारी केवल गायिका मात्रै नभएर अब्बल कुशल नृत्यङ्गना समेत रहेको पुष्ठि उनको कुशल प्रस्तुतीले उपस्थित दर्शक छक्क परे बहु प्रतिभाकी धनी सुनिताले कार्यक्रम आयोजक सहित उपस्थित दर्शक लाई धन्यवाद दिएकी थिइन।
सस्थाका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर पोखरियाले सस्थालाइ यो स्थानसम्म ल्याउनको जटिलता, विगत का समस्या र सस्थामा लाग्दै गर्दा आफुलाई आफ्नो परिवार संग नै रहेको छु भन्ने भान हुने गरेको र सस्थामा लाग्दै गर्दा आफ्नो ब्यक्तिगत स्वार्थ र केही साथी भाइको स्वार्थ र ब्यक्तिहावि भएर सस्था चल्न नसक्ने र यस्ता कुराले सिङ्गो सस्था र समुदायलाई पुराएका नकारात्मक उदाहरणहरु दिदै लमजुङ सेवा समाजमा हालसम्म यस्ता नकारात्मक सोच र मानसिकताले प्रवेश नपाएको र सदैव सामाजिक कार्यमा निस्वार्थ भइ लागिरहन पर्नेमा जोड दिदै आमन्त्रित कलाकारलाई दोहामा स्वागत गर्दै प्रस्तुतिका लागि धन्यवाद ब्यक्त गर्दै आयोजक कार्यसमिती लमजुङ्गेहरु प्रती धन्यवादका साथ कार्यक्रम पुर्ण सफलताको शुभकामना दीनुभयो।
लमजुङ जिल्ला आफैमा लोक संगितका सर्जकहरुको धनी जिल्ला त्यही जिल्लावासीको कार्यक्रम तसर्थ कार्यक्रम को अन्तिम चरणमा आमन्त्रित गायिका सुनिता अधिकारीसंग रमाइलो ठट्यौली गाउँ घरकै भाकामा लेक वेशी गर्दा मेलापात जादा गाइने भाका अनि रोधीमा गाइने दोहोरीको झल्को दिलाउदै सस्थाका सदस्य लेख विलास विसुरालसंग करिव एक घण्टा दोहोरी घम्साघम्सी चलेको थियो।
कार्यक्रम को अन्त्यमा सस्था का अध्यक्ष नवराज नखोलाले आफ्नो कार्यकाल को पहिलो कार्यक्रममा उपस्थित जनाउनु भएका सम्पूर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन आर्थिक भौतिक नैतिक रूपमा सहयोग गर्नु हुने यातायात,खाना व्यवस्थापन,सास्कृतिक कार्यक्रममा खटिनु हुने, लगाएयत आ-आफ्नो ठाउँबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सदस्य हरु प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रममा आउनु भएका नया लमजुङ्गेहरुलाई सस्थामा आवद्ध हुनका लागि अपिल गर्दै आफू नेतृत्वमा रहदै गर्दा कतारमा रहेका हरेक लमजुङ्गेहरुसम्म सस्थागत रूपमा समन्वय गरेर अघि बढ्न अत्यन्तै उत्साहित रहेको र सबैबाट साथ सहयोग र हातेमालो को अपेक्षा समेत आफुले राखेको बताए।
कार्यक्रम सफल बनाउन लमजुङ्गेहरुको उपस्थित ले आफुलाइ थप उत्साह मिलेको र आगामी दिनमा यस्तै साथ सहयोग को अपेक्षा गर्दै कार्यक्रम को दौरान मा केही कमिकमजोरि भए आगामी दिन मा यहाँहरु को सुझाव लाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता सहित कार्यक्रम का लागि स्वछीक सहयोग गर्नुहुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै सस्था का सह कोषाध्यक्ष र उनको धर्मपत्नी दिलमाया थापाको सातौं वैवाहिक वर्ष गाठको खुसीमा उपस्थित दर्शक महानुभाव हरुलाइ स्वादिष्ट सेलरोटी खुवाउनु भएकोमा वहाँहरु द्वय प्रती हार्दिक शुभकामना सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सभ्य भब्यताका साथ सफल पार्दै अप्रिल २० तारिख दोहा नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा लमजुङ्गेहरुको समुस्पथितिमा नेपालबाट आमन्त्रित अतिथी कलाकार सुनिता अधिकारीलाई सस्थागत रूपमा सम्मान सहित बिदाइ कार्यक्रम सम्पन्न गरियो।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend