logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज ओमानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लीलानाथ कोइराला, ओमान ।
गुल्मी जिल्ला बासिहरुकाे साझा सस्था गुल्मी सेवा समाजले अध्यक्षमा दुर्गा प्रसाद ढकाललाई सर्बसहमत निर्वाचित गर्दै भब्यताको साथ दाेस्रो अधिवेशन सम्पन्न गरेको छ । १९ अप्रिल २०१९का दिन घाला स्थित अजेवा हाेटेल अपार्टमा गुल्मी सेवा समाज ओमानको अधिवेशनमा कार्यक्रमको अध्यक्ष घनश्याम भन्डारीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली दुताबास ओमानका श्रम सहचारी कृष्ण कुमारी गौलि हुनुहुन्थ्यो ।

विशेष अतिथि एन आर एन का सचिव डिबि क्षेत्री, अतिथहरुमा नेपाली समाजका महासचिव दिल ब. राेका, नेपाली महिला समुहकि महासचिव गाेमा थापामगर, एन आर एनका कोषाध्यक्ष सेमन्त पुर्जा, प्रवासी नेपाली एकता मञ्च कार्यदल सदस्य साेम कृष्ण श्रेष्ठ, नेपाली जनसम्पर्क समिति ओमनका कावा सभापति शालिकराम चापागाईं, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, बिबेकशिल नेपाली दलका संयाेजक जिबन कार्की, तामाङ समाजका बरिस्ठ उपाध्यक्ष बिराेज तामाङ, तमु समाजका अध्यक्ष पुर्ण गुरुङ ,नेपाल मगर समाजका अध्यक्ष सुर ब. थापामगर, बागलुङ समाजका अध्यक्ष खेम खड्काथाेकि, पाल्पा समाजका कमल पराजुली, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष सुशील पुन बिरहि, म्याग्दी माेनाका उपाध्यक्ष गणेश चाेखाल, दलित एकता संजालका सुरेश बराईलि, प्रवास खबर कि रिता शर्मा, डिसि नेपालका ऋषि वाग्ले रहेका थिए ।

कार्यक्रमको संचालन ताेलाकान्त भट्टराईले गरेका थिए । अतिथिहरुलाई खादाले स्वागत दितिय उपाध्यक्ष गाेमा पान्डे महतले गर्नुभयो । स्वागत भाषण वरिस्ठ उपाध्यक्ष सुर्य पन्थीले गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुदै प्रमुख अतिथि दुताबास श्रमसहचारि गौलीले गुल्मी सेवा समाजले गरेका कामकाे खुलेर प्रशंसा गर्नुभयो । विशेष अतिथि एनआरएन सचिव डिबि क्षेत्री लगायतका अन्य अतिथिहरुले गुल्मी सेवा समाजकाे नबगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

२०१७ देखि २०१९ सम्मका कार्य बिबरण कार्यक्रमका सभापति गुल्मी सेवा समाज ओमनका निबर्तमान अध्यक्ष घनश्याम भन्डारीले प्रस्तुत गरेका थिए । १७ सदस्य कार्यसमितिकाे चयन गर्दै अधिवेशन घाेषणा सभाकाे समाप्त निबर्तमान अध्यक्ष घनश्याम भन्डारिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend