logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा भएको सवारी दुर्घटनामा परि नेपाली चेलीको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,जापान चैत्र ३ ।
सोमबार बिहान नागोयामा विपरीत दिशाबाट आएको ट्रकको ठक्करबाट नेपाली युवती ममता मोक्तानको मृत्यु भएको छ ।
साइकलमा सवार भइ सेन्मोन गाक्कोउ जाँदै गरेकी ममताको घटनास्थलमै मृत्यु भएको हो । मृतक ममता मोक्तान सैलुङ अनलाईन डट कमका जापान संवाददाता राम तामाङ्का श्रीमती हुन । एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल ४ मा बिहे गरेर जापान आएका थिए । ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोयामा योक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्कोउ अध्ययन गर्दै आएकी थिइन् । नुवाकोट शिवपुरी गाउँपालिका घर भएका राम तामाङको श्रीमती ममता भने पर्सा जिल्लामा जन्मेकी हुन ।

ममताको मृत्यु भएपछि नागोया प्रहरीले कस्को गल्ती हो भन्ने वारे अनुसन्धान गरिरहेको पनि परिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend