logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए जापानको राष्ट्रिय अधिवेशन लक्षित सदस्यता आवेदन खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,टोकियो बैशाख ३ ।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद,जापानको आगामी नयाँ राष्ट्रिय अधिवेशनलाई लक्षित गर्दै पन्जिकृत तथा नयाँ सदस्यता आवेदन खुल्ला गरिएको बताइएको छ ।

१४ वटा क्षेत्रिय समितीहरुको अधिवेशन र रासप जापानको राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने र गराउने सम्बन्धि जानकारी सहित रासपले तालिका सार्वजनिक गरिएको हो । गत वर्ष डिजिटल एप्स सिस्टमबाट गरिएको रासपले ०१९-०२१ को लागि २०१८ जनवरी १ बाट सदस्यता का लागि खुल्ला गरिएता पनि यसपटकबाट रासपको Global MIS (management of information system बाट गर्ने भएको हो । आजको मिती सम्म एप्स सिस्टमबाट सदस्य वनेका सदस्यहरुलाई पनि MIS system बाट सदस्य वन्न अनुरोध समेत गरिन्छ रासपद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । ग्लोबल मिस सिस्टमको बारेमा विस्तृत जानकारी भने अप्रिलको अन्त्यमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताइएको छ । सोही मितीबाट रासपको सदस्य वन्न सकिने पनि बताएको छ । २०१९-२०२१ कार्यकालको लागि हुने सदस्यताका लागि शुल्क भने १००० जापानी येन तोकिएको छ ।

सदस्यता आवेदन भने यहि मे १ तारिखबाट खुल्ला गरिने र यसको अवधि २०१९ जुन ४ तारिख सम्म रहने बताएको छ । जस अनुसार जुन ५ तारिखमा पहिलो चरणको नामवली सार्वजनिक गरिने कुराको समेत जानकारी रासपका महासचिव वुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend