साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
विश्वमै धनी देशहरुको पहिलो नम्बरमा सुमार मध्य्पुर्बको देश कतार । यहा १०० भन्दा बढी देशका नागरीक कार्यरत रहेको बताइन्छ । यिनै एक सय देश मध्यको एक देशका नागरीक नेपालि ।

लगभग ५ लाख नेपालि कार्यरत् यो देशमा १५० ओटा भन्दा बढी बिबिध किसिमका सङ्घ सस्था रहेका छन् ति मध्यका आश्चर्य चकित पार्ने दुइओटा साहित्यिक सस्था छन ति हुन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतार ।

यी दुवै साहित्यिक सस्थाले बिगत ९१ महिना देखि सहकार्य गर्दै नियमित मासिक डबली संचालन गर्दै कतारमा सहकार्यको इतिहास रचीसकेको छ । कतार र नेपालि साहित्यको इतिहासमा हरेक पटक नया इँटा थप्दै आएका यी सस्थाले गत सुक्रबार आफनो नियमित मासिक डबली, स्रष्टा भेटघाट र रचना वाचन डबली सम्पन्न गरेका छन् ।
हरेक डबलीमा फरक बिशिस्ट श्रोता र सयोजक मात्र हैन निर्धारित समयमा सुरु भएर निर्धारित समयमै सकिने पहिचान स्थापित गरेको उक्त दबलिको लागिआफैमा कुशल गायक समेत रहेका सर्जक तथा सङ्गीतकार सुरज जोशी बिशिस्ट श्रोता तथा महेन्द्र थापाले डबली सयोजन रहेका थिए ।
डबलीमा फरक फरक विधामा २१ जनाले आफनो रचना बाचन गरेका थिए । जसमा सुरेशमान रुम्बा तामाङ, सन्तोष अधिकारी , सुरेश परियार “आभास”, अनिल कुमार बिष्ट “परिवर्तन”, राम आचार्य ‘शायर’, सुदामा कृष्ण सुबेदी, बिन्दा लामा, चक्र कार्की, सेखर बस्नेत, टिका खड्का “राष्ट्रप्रेमी”, सिताराम थापा, दिलिप पराजुली ,दीप प्रदीप कुमार, मणि पौडेल र प्रेम प्रसाद भट्टराईले गजल वाचन गरेका थिए भने नारायण निर्जल भण्डारी, बिनोद अधिकारी, यादब रेग्मी, सोतन्त्र नेपालले मुक्तक वाचन गरेका थिए ।
त्यस्तै सागर ‘विभोर’ पाल्पालीले मुक्तक र गजल , बुद्ध राज राई, दिपक पुडासैनी (आधा जीवन पुस्तकका लेखक) र दीप मीलनले कबिता सुनाएका थिए । कार्यक्रम सयोजक खडकाले कार्यक्रम संचालनको क्रममा आफना रचनाले सबैको ध्यान खिचेका थिए ।
डवलिको अन्तिममा प्रहरमा बिशिस्ट श्रोता जोशीले अनेसास नबोदित दुवै सस्थालाई धन्यबाद दिदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन बद्धता जनाउदै नेपथ्य ब्याण्डको जोमसोमै बजारमा, चरी मर्यो सिशैको गोलीले जस्ता चर्चित गित गाएर सबैलाई मन्त्रमुग्ध बनाउदै कार्यर्क्रमको सम्पान गरेका थिए । स्मरण रहोस डबली हरेक महिनाको दोश्रो सुक्रबार आयोजना हुने गर्दछ भने कार्यक्रममा प्रबेश निशुल्क रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend