logo
  • शनिबार, भाद्र २० २०८३

प्रदेश नं-२ समन्वय परिषद कतारको संयोजकमा मण्डल


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
कतारमा रहेका प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्लाहरुको एक भेलाले राम कुमार मण्डलको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपसंयोजकमा कुमार न्यौपाने र महेताब आलम रहेका छन ।

महासचिवमा अरविन्द चौधरी सचिव तेजलाल मण्डल अर्का सचिव र कोषाध्यक्ष युवा र महिला संयोजक सहित केहि सदस्य पछी थप गर्ने गरि सहकोसाध्यक्षमा गफुर अहमद चयन भएका छन भने सदस्यहरुमा असगर अलि, हरिलाल महतो, रामेश्वर मण्डल, बिजय मण्डल, श्यामलाल चौधरी र किशोरी मण्डल रहेका छन ।

ग्रयाण्ड मलको ग्रयाण्ड इस्पैसी होटेलमा सम्पन्न उक्त भेलाले मो हुसैन खान संयोजक रहने गरि ५ सदस्स्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार सदस्यहरुमा मौलाना अब्दुल खालिक, डा. नितेश अर्याल, मोहम्मद शाकिर अलि र इन्जिनियर बिरेन्द्र शाह रहेका छन ।

देश संघिय संरचना गैसकेको र त्यहि संरचना अनुसार कतारमा पनि सबै प्रदेशहरुका समन्वय परिषदहरु गठन भैरहेका छन् त्यहि अनुरुप गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रदेश नं २ का सदस्य समेत रहेका राम कुमार मण्डलको संयोजकत्वमा उक्त बिशेष भेला आयोजना भएको थियो ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरि ८ वटा जिल्ला रहेको २ नम्बर प्रदेशको समन्वय परिषदमा सबै जिल्ला समेटिएको छ । प्रथम अधिवेशन लगायतका अन्य कार्यक्रमहरु छिट्टै नव गठित तदर्थ समितिको बैठकले निर्णय गरी जानकारी दिने संयोजक मण्डलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend