साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
नेपाली राजनीतिमा सू-संस्कृति राजनीतिको जग बसाल्दै नेपाली समाजमा परिचित उज्वल थापाको नेतृत्वमा रहेकाे विवेकशील नेपाली दल कतारको १२ एप्रिल २०१९ मा दोहा कतारमा अन्तराष्ट्रीय समितिका उपाध्यक्ष (ICC) सुरेश भट्ट आश्रिनको उपस्थितमा सम्पन्न भएको भेलाले २६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।
भेलाद्वारा गौरवराज अधिकारीलाई अध्यक्षमा निर्वाचित गरिएको ICC उपाध्यक्ष सुरेश भट्टले साझा नेटवर्कलाई जानकारी दिए । त्यस्तै उपाध्यक्षमा टंक चौलगाई र हरी ओम पौडेललाई संगठनको महासचिव पदमा नियुक्त गरिएको छ ।

सचिवमा कुमार लामीछाने, कोषाध्यक्षमा तीर्थराज कार्की तथा सहयोगी कल्याण थापा, कृष्ण शर्मा पौडेललाई राखिएको छ । न्याय तथा सुशासनमा महेश गजूरेल, जय शाह, सिर्जना खड्का त्यस्तै संगठन विस्तार प्रमुखमा संजीव कुमार रंजितकार, अरविन्द्र चौधरी, टिका दुलाल, हरि गुबाजु आनन्द घिमिरे रहेका छन ।
विवेकशिल नेपाली कतारलाई आवास्यक सल्लाह, सुझाव तथा परामर्शमा कल्याण अधिकारी, सुवास गौतम छन भने सामाजिक हेल्प डेक्समा राजकुमार खत्री, शुन्दर नेपाली, सन्तोष पौडेल, रमेश निराैला शर्मिला धिमाल रहेका छन ।
त्यसैगरी देश निर्माणमा साहित्यमा कलम चलाउनू हुने सहित्य सर्जक लिलानाथ घिमीरे, युवराज अधिकारी, बुद्धराज राई, दिपक गौतमलाई राखिएको छ । देशको लागी निष्ठा, पारदर्शिता, उत्कृष्टता, साहस, समानुभूित, विनम्रता प्रकट गर्दै प्रवासमा रहेपनी देश प्रति समर्पित हुने बाचा समेत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend