साझा नेटवर्क
साझा नेटवर्क, कतार।
एनआर एनसीसी कतारको संयोजकत्वमा कतारमा रहेका बिभिन्न संघ संस्थाहरुको समन्वयमा हावाहुरी पिडितहरुको सहयोगार्थमा रकम संकलन गरि नेपाल पठाएको छ।
गत चैत्र १७ गते प्रेद्श नं २ को बारा पर्सा जिल्लामा आएको प्राकृतिक विपतमा परि ज्यान गुमाएका र उक्त दुर्घटनामा परि घाइते भएका परिवारहरुलाई राहत स्वरूप कतारी रियल १२,४९९ बाह्र हजार चार सय उनान्सय अर्थात् नेपाली रकम ३ लाख ८० हजार ९५ रुपैंया जम्मा गरि ९ अप्रील २०१९ दिन दिन नै गैर आवासीय नेपाली संघको काठमाडौं स्थित रहेको सानिमा बैकमा एनआरएनए रिलिफ फन्ड एकाउन्टमा जम्मा गरिसकेको संघका महासचिव बुधबल गुरुङले जानकारी दिए।
राहत संकलन अभियानमा ऐक्यवद्दता र सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्थाहरु प्रति एनसीसी कतार ह्रदय देखि हार्दिक कृतज्ञता ब्यक्त गर्दै । भविष्यमा पनि निरन्तर यस्तै मानवीय कार्यहरुमा सधैं यस्तै सहयोग र साथको अपेक्षा समेत गरेको छ। राहत संकलनमा सहयोग गर्नुहुने ब्यक्ति तथा संस्थाहरुको विवरण यस प्रकार छ ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend