साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली ।
नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । महासंघ कै कार्यालय हल तिस हजारी, दिल्लीमा सम्पन्न अधिवेशनमा लोकेश शाह “आर्यन” सर्व सम्मत अध्यक्ष बनेका छन ।

भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदुताबास, बित्तिय संस्था, नेपाल ऐअरलाईन्सका प्रतिनिधिहरुको उपस्थिति मा महासंघ भारत शाखाले नयाँ कार्यसमिति पाएको छ ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष गोबिन्द आचार्यले भारतबाट सुरु भएको नेपाली पत्रकारिताले आज भारतमै नेपाली पत्रकारहरुको सञ्जाल खोल्ने र ऐक्यद्ध हुने गौरव हासिल गरेको भन्दै महासंघको भावी योजना र भिजन बताउनु भयो ।

अध्यक्ष आचार्यले थप्नुभयो “भारत शाखा नेपाली नागरिक मैत्री र ईन्डो -नेपाली पत्रकारहरुको बिच पुलको रुपमा काम गरोस, केन्द्र सदैव साथमा छ । घोषणा सभामा बोल्दै नेपाली दुताबासका सांस्कृतिक काउन्सलर होम प्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित सुभकामना सन्देश पढेर सुनाउनु भयो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले बोल्दै नव नियुक्त पदाधिकारीहरुको कार्य सफलताको सुभकामना दिनुभएको थियो ।
हिजो पहाड गन्ज स्थित होटल स्विसटोनमा बसेको बन्दसत्रले ब्यापक छलफल गरि महासंघ केन्द्रीय समिति अध्यक्ष गोबिन्द आचार्यको रोहवर र लोकेश शाह “आर्यन”को अध्यक्षतामा सर्वसहमतिय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा देबेन्द्र कुँवर, महासचिवमा अर्जुन खनाल चुनिएका छन ।
त्यस्तै खुल्ला सचिवमा देबेन्द्र केसी, समानुपातिक सचिवमा धनबिर पुन, कोषाध्यक्षमा धन बहादुर बिक र सदस्य हरुमा क्रमस: बाबु रोका मगर, ईन्द्रकमल जैरु, भेषराज पौडेल, खुम बहादुर गुरुङ र केशवराज पोख्रेल चुनिएका छन । प्रथम कार्यसमिति बैठकबाट प्रवक्ता र प्रान्तिय संयोजक टुङ्गो लगाउने महासंघ कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend