logo
  • शनिबार, भाद्र २० २०८३

टोकियोमा मिडिया म्यूजिकल मेला भब्य रुपमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सजिना मोक्तान,टोकियो चैत्र १८ । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा आईतवार टोकियोमा आयोजना गरिएको मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त मिडिया म्यूजिकल मेला कार्यक्रम गैरआवासीय नेपाली संघ एशिया प्याशिफिक संयोजक किरणबिक्रम थापाको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य ओम गुरुङ,दिनेश गुरुङ्,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी,महासचिव बुद्धिराज घिमिरे त्यस्तै अतिथिहरूमा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ, जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा,चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, धादिङ समाजका अध्यक्ष कृष्ण खनाल, नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,तमु धीँ जापानका अध्यक्ष अनिता गुरुङ, दोलखा समाजका उपाध्यक्ष महेश खड्का,थकाली समाजका अध्यक्ष बुद्धि शेरचन,नेपाल मगर संघ जापानका महासचिव सागर पुन मगर,मगर संघ कान्तोका अध्यक्ष रीत राना मगर रहेका थिए ।

मिडिया म्यूजिकल मेलाका संयोजक बिजय थकालीको सभापतित्वमा सम्पन्न मेलामा मातृ सन्देश डट कम मिडियाको जानकारी र मन्तब्यबाट स्वागत प्रधान सम्पादक शान्त पहरी र कार्यक्रमको उद्घोषण पत्रकार राजन गौतमले गर्नु भएको थियो । औपचारिक उद्घाटन र अनौपचारिक गरी दुई चरणमा कार्यक्रम गरिएको थियो । सांस्कृतिक कार्यक्रम भने नेपालबाट आउनु भएकी गायिका रितु थापा मगर,जापानमै रहनुभएका गायक गायिका युवराज आचार्य,सूर्य खड्का,रामकृष्ण बम मल्ल,सोना केसी र चेतन घर्ती मगरको प्रस्तुति रहेको थियो । सो मिडिया म्यूजिकल मेला विभिन्न क्षेत्रका पत्रकारहरूको विशेष सहभागितामा भव्य रूपमा सम्पन्न भएको थियो । उक्त मेला राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान,माया र कालिका कम्पनीको विशेष सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend