साझा नेटवर्क
साझा नेटवर्क,दोहा चैत्र १७ । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा शाखा कतारले एकदिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । राजधानी दोहाको नज्मा स्थित युनिक रेस्टुरेन्टको हलमा सम्पन्न उक्त कार्यक्रममा कतारमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार,गैर आवासीय संघका प्रतिनिधि,सामाजिक तथा बौद्दीक व्याक्तित्व,वैचारिक सङ्गठनका प्रतिनिधि,साहित्यिकारहरु लगाएतको सहभागीता रहेको थियो ।
कतार शाखाका उपाध्यक्ष नवराज बि.क को स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार गणेश प्रसाद बन्जाडेको प्रमुख आतिथ्यता तथा अध्यक्ष करिम बक्स मियाँ को सभापतित्व रहेको थियो । कार्यक्रममा बिभिन्न बक्ताहरुले पत्रकार र पत्रकारिता क्षेत्रमा देखिएका समस्या,बिकृती र समाधान वा सुधार्नुपर्ने पक्षहरुको बारेमा बोलेका थिए । कार्यक्रममा बोल्दै ICC सदस्य विमल सुवेदीले पत्रकारले पत्रकारिताको धर्म बुझेर समाचार लेख्नुपर्ने,सामाजीक बिकृतीलाइ उजागर गर्नुपर्ने र कुनै पनि जात धर्म र राजनीति भन्दा माथि उठेर स्वतन्त्र र ईमान्दारीताको साथ समाचार लेख्नुपर्ने बाताउनुभयो ।
त्यस्तै अर्का वक्ता रामहरी गैरे ले शरीरमा रक्तसञ्चार को महत्व रहेझै मानव जीवनमा संचारको उतिकै महत्व रहेको हुँदा वास्तविकतालाई बुझेर सत्य,तथ्य परक समाचार सम्प्रेषण गर्नुपर्ने र गलत समाचार संचार गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बाताउनुभयो । प्रवासी एकता मंचका अध्यक्ष चाणक पोखरेलले माहासंघको अहिलेसम्म आधिकारिक वेभसाइट नहुनु दुखद् भएको भन्दै तत्काल त्यसतर्फ तत्काल ध्यान दिन आग्रह गर्दै कतारमा सम्भव भए एउटा मिडिया हाउस खोल्न माहासंघ अध्यक्षलाई सुझाव दिनुभयो। एनआरएन अध्यक्ष नवीन पोखरेलले अप्रिल १९ मा गर्ने भनिएको कार्यक्रमको लागि सामाजिक सन्जाल कसरि सदुपयोग गर्ने भन्नेमा सबै सचेत रहनुपर्ने भन्दै उक्त कार्यक्रम सफलताको शुभकामना व्याक्त गर्नुभयो । अन्तर्राष्ट्रिय नेपालि साहित्य समाज का अध्यक्ष प्रेम भट्टराईले साहित्य र पत्रकारिता एक सिक्काका दुईपाटा रहेको बताउदै मिठो चेतनामुलक गजल..
”संघर्षका पाईलाहरु चाल्न अझै बाँकी नै छ..
निरंकुश खम्बाहरु ढाल्न अझै बाँकी नै छ..
वाचन गरि सबैलाई मन्त्र मुग्ध पर्नुभएको थियो अर्का साहित्यकार तिर्थ सँगम राईले ”म आमालाई भन्न चाहान्थे” शिर्षकमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा तराई मधेस मंचका हुसेन खान,दिनेश तामाङ,केसब भुसाल,अजिज अली लगाएतका बक्ताहरुले आफ्ना भनाइहरु राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend