साझा नेटवर्क
काठमाडौँ, आषाढ २८।
एकीकृत नेकपा माओवादीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार नढल्ने एमालेले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धनको दलले समर्थन फिर्ता लिएपनि संवैधानिक रुपमा सरकारलाई असर नपर्ने बताउनुभयो । ‘नैतिक रुपमा अब प्रधानमन्त्रीलाई दबाब प¥यो । तर, संक्रमणकालिन सरकार भएका कारण गठबन्धनको दलले समर्थन फिर्ता लिएमा सरकारको वैधानिकता के हुन्छ भन्ने विषयमा स्पष्ट छैन ।’
एमाले सचिव गुरुङले दैनिक नेपालसँग कुरा गर्दै भन्नुभयो। अब प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीले संसदबाट समर्थन लिएमा माओवादी फालेको पात जस्तो पत्तुर हुन्छ ।’– उहाँले भन्नुभयो ।
माओवादीले समर्थन फिर्ता लिएपनि एमालेले सरकार बचाउन नयाँ ढंगले प्रयत्न गर्ने भएको छ ।
आज साँझ ६ बजेका लागि बोलाइएको एमाले स्थायी समितिको बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने एमाले सचिव गुरुङले बताउनु भयो । यही सरकारलाई विश्वासको मत लिने कि प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार निर्माणका लागि छलफल अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उहाँले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend