साझा नेटवर्क
कुमार अविरल पन्थी, दोहा ।
बाँके सेवा समाज कतारको आयोजनामा “होलि विशेष रमाइलो वनभोज कार्यक्रम” सम्पन्न भएको छ । सस्थाको पहिलो साधारणसभा पछि गठित कार्यसमितिले २२ मार्च २०१९ का दिन कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बाँके तथा अन्य जिल्लाबासीको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय गीतबाट सुरु गरिएको थियो भने उपस्थिति सम्पुर्णलाई स्वागत गर्दै सस्थाका सचीव रोशन बिकले स्वागत मन्तव्य राखेका थिए।

सस्थाका संरक्षक प्रकाश कोइरालाले उपस्थिति सम्पुर्णलाई होलिको सुभकामना दिदै टीका लगाइ होलिको माहोल अघि बढाइएको थियो । बाँके सास्कृतिक विभागका कलाकारहरु क्रमशः डिप्लप थापा, भुवन परियार, बिनिता के सि, गौतम खनाल, सुरेश सिंह, नवीन बिक, सर्जन थापा, सुजन तामाङ, रमेश खड्का, सन्दीप रानाभाट, निरज शर्मा, मुक्ति श्रेष्ठलगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा घैटो फोर जस्ता मनोरञ्जनपुर्ण खेलहरु पनि समाबेश गरिएको थियो । त्यस्तै विभिन्न वक्ताहरुले होलीको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले होलि विषेश कार्यक्रम निकै सकारात्मक रहेको र देश बाहिर पनि हाम्रो सस्कृती,चाडपर्व भुल्नु हुदैन र यस्लाइ हामी सबै मिलेर संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरि सस्थाका समिक्षा समितीका सम्योजक मनिस बटलाले सस्थाले अहिले सम्म गरेको कार्यहरुको प्रसम्सा साथै सस्थाको कार्यहरुलाई खोट लगाउने कुनै ठाउँ नरहेको दाबि गरे । आगामी दिनहरुमा यसै गरि समाजिक कार्यहरु र यस्तै कार्यक्रमहरु आयोजना गरि बचेको रकमबाट चुस्त स्फुर्त तवरले अगाडी बढुन भन्दै होलिको शुभकामना दिए।
कतारको वक्रा समुन्द्री किनारमा सम्पन्न भएको कार्यक्रममा सामजिक सन्जाल Facebook Group FFL (Friends For Life) को सदस्य ज्युहरुको पनि उपस्थिति पनि थियो ।
कार्यक्रमको मुख्य प्रायोजक “ट्रीनिटी कन्ट्र्याक्टिङ एन्ड क्लिनिङ डब्लु एल एल” रहेको थियो भने अन्य समाज सेवीहारुले समेत सहयोग गरेका थिए । यातायातमा सौजन्य चित्र बहादुर रावत र पदम केसिको थियो भने पानी र जुसको सौजन्य मिलन अधिकारीले गरेका थिए ।
कार्यक्रमको अन्तमा सस्थाका अध्यक्ष राज कुमार खत्रीले उपस्थिति सम्पुर्णलाई होलिको सुभकामना दिदै आगामी दिनहरुमा पनि यसरी नै हातेमालोको अपेक्षा गर्दै धन्यवाद सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend