logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल दशनामी समाज कतार शाखाको बनभोज सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, दोहा ।
“दशनामी एकता आजको अपरिहार्यता” भन्ने मूल नारा लिएर सन् २४ नोवेम्बर २०१७ मा कतारमा स्थापना भएको नेपाल दशनामी समाज कतार शाखाले एक भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गत सुक्रबार दोहा सहरको नजिक रहेको वक्रा विचमा सस्थाका अध्यक्ष थम कुमार गिरीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बैदेशिक रोजगारी तथा ब्यबसायको शिलशिलामा कतारमा रहेका दशनामी समुदायका नेपालीहरुको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रममा दशनामिहरुका अतिरिक्त एनआरएनए आइसीसी मानार्थ सदस्य तथा ब्यबसायी टि बि कार्की, ब्यबसायी एवं समाजसेवी पूर्ण के सी, गण्डकी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष बिकाश भुजेल, तनहुँ सेवा समाज कतारका अध्यक्ष केश गुर्माछान मगर लगायत थुप्रै गैर दशनामी शुभचिन्तकहरुको समेत बिसेष उपस्थिति रहेको थियो ।

सस्थाका सदस्य वशन्त गिरीले स्वागत मन्तब्य संगै अघि बढेको कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष पदम गिरीले भेटघाट तथा वनभोज कार्यक्रमको उदेश्य र्सस्थाको बारेमा संक्षिप्त जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्कीले दशनामी समाजले छोटो समयमै कतारमा स्थापित अन्य पुराना संस्थाहरु सरह नै आफ्नो गतिबिधि र उपस्थितिलाई सर्वसाधारण सामु प्रस्तुत गरेर दशनामी समुदाय पनि अन्य समुदायको तुलनामा कुनै पनि कुरामा कमजोर नरहेको तथ्य पुस्टि गरेको बताए । दुइ चरणमा समपन्न कार्यक्रमको दोस्रो चरणमा बिबिध सास्कृतिक प्रस्तुति र होलिले कार्यक्रमलाइ पूर्ण मनोरन्जनात्मक बनाएको थियो ।

का.वा. महासचिव डिला गिरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गिरीले कतारमा रहेका दशनामी समुदायलाई यो बनभोजले मजबुत रुपमा एक ठाउमा जोड्न सफल भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै समापन गरेका थिए ।

स्मरण रहोस दशनामी समाज समुदायको पहिचान, इतिहाश, संस्कार र परम्पराको जगेर्ना गर्दै आपसी भाइचारामा वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको नितान्त सामाजिक र सामुदायिक सस्था हो ।
फोटो :डिला गिरी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend