logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन २२ मार्च मा हुँदै जिल्ला बासिलाई संस्थामा जोडिन आव्हान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क संवाददाता
दोहा कतार,चैत ४ गते । “
प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहि गरौं” भन्ने नारा सहित अर्घाखाँचीबाट कतारमा रहि रोजगारी तथा व्यवसाय गरि बसेका अर्घाखाँची वासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन २२ मार्च मा हुने भएको छ ।

सन २००६ मा स्थापित भएको समाजले कतार तथा नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक नैतिक रुपमा सहयोग गर्दै आएको संस्थाले जिल्लामा बिमारी अथवा दुर्घटनामा परि यातायातबाट बञ्चित भई अकालमा ज्यान जान बाट जोगाउन गत आषाढ २०७५ का दिन जिल्ला स्थित एक औपचारीक समारोह आयोजना गरी शिद्देस्वर शिवालय तथा आनन्द बृद्ध आश्रमलाई हस्तानतरण गरेको थियो। हाल सेवामा उद्दार गर्दै आएको छ। समाजको पवित्र अभियानमा सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई बिशेष सम्मान गरिने बताए।

कार्यक्रम मुन्तजा पार्कमा अवस्थित केरला कल्चर सेन्टर हलमा शुक्रबारका दिन बिहान ११;३० बजेबाट सुरु हुने उक्त अधिबेशनमा अर्घाखाँची बाट कतारमा रहदै आएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई संस्थामा आवद्ध हुनका लागि सदस्यता नलिनु भएका जिल्ला बासिहरुले सम्पर्क गरि सदस्यता लिनु हुन अध्यक्ष ठाकुर कुमार परियारले सबैलाई अपिल गर्नुभएको छ।

त्यस्तै कतारमा रहनुहुने सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, विभिन्न राजनीतिका भातृसंगठन प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकार ,कलाकार साहित्यकार मा,पत्रचार गरिएको जानकारी गराउदै समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा गरिमामय उपस्थिति जनाई अधिबेशन भव्य सभ्य रुपमा सफल पारिदिनु हुन महासचिव टेकराज थापाले आव्हान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend