साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले कलाकार द्वय हरी खत्री र गणेश अधिकारीलाई सम्मान गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा समाजले आयोजना गरेको सातौं बनभोज तथा सास्कृतिक कार्यक्रममा कतार आएका अतिथि कलाकारलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व एवम् लोक तथा दोहोरी गायक हरि खत्री र गायक तथा सर्जक गणेश अधिकारी विशेष अतिथी रहेका थिए ।

समाजका संरक्षक शिव खड्का, प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमका संयोजक कुमार अविरल, महिला संयोजक मिना खड्का, पत्रकार टेकराज थापा, चक्र चन्द लगायत अथिति रहेका थिए । साथै समाजका कार्यासमित पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मिना खड्का, बुद्ध पाण्डे, शिव खड्का, कुमार अविरल लगायतले बोलेका थिए । सोहि कार्यक्रममा बोल्ने वक्ताहरुले कलाकार द्वय हरि खत्री र गणेश अधिकारीलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै कलाकार द्वयले गुल्मी सेवा समाज कतारले आफ्नो विदेश यात्रा को ढोका खोलिदिएको बताए । आफुहरु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने बताए ।समाजबाट सम्मानित हुन् पाउदा निकै भाग्यमानी र थप जिम्मेवारी थपिएको बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरे ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष आचार्यले जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ समाजले आयोजना गरेको सातौ बनभोज सांस्कृतिक कार्यक्रमलाई सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्नका लागि उहाहरुले खेलेको भूमिका प्रति कृतज्ञ रहेको बताउदै विशेष धन्यवाद तथा साँगितिक यात्रा सफलताको शुभकामना दिए ।
गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ ।कार्यक्रम समाजका सचिव कमल आर्यलको संचालनमा सम्पन्न भएको थियो ।
जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ आयोजित सातौ बनभोज तथा साँस्कृतिक कार्यक्रम २०१९ मार्च ८ तारिखका दिन अल दोसरी जू पार्कमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend