साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार।
गुल्मी सेवा समाज कतारले सातौ बनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ हरेक वर्षआयोजना गर्दै आएको उक्त कार्यक्रम सम्पन्न गरेको हो । ८ मार्च तारिख दिन अल दोसरी जू पार्कमा समाजका अध्यक्ष झबिन्द्र आचार्यको सभापतित्व तथा एनआरएन आईसीसी मानार्थ सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यता रहेको थियो ।

एनआरएनए आई सिसि सदस्य विमल सुवेदी, एनआरएनए एन सिसि कतारका उपाध्यक्ष तेज कटुवाल, प्रवासी मंच कतारका सचिवालय सदस्य छवीरमण कटुवाल, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्रि केदारनाथ भुसाल, जन प्रगतिशिलका सांगठनिक बिभाग प्रमुख मोहन कार्की, अतिथि कलाकार लोक तथा दोहोरी गायक हरी खत्री, गायक तथा सर्जक गणेश अधिकारी, प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समिर खत्री, गण्डकी प्रदेश समन्वय परिषदका उपाध्यक्षविकास भुजेल, प्रदेश नम्बर ५ समन्वय परिषदका उपाध्यक्ष ठाकुर कुमार परियार, गुल्मी सेवा समाजका संरक्षक शिव खड्का, प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सल्लाहकार विजय बस्नेत, सुरेन्द्र खाती, भिम तरामु विशेष अतिथि रहनु भएको थियो ।

त्यसैगरी पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, प्युठान सेवा समाजका महासचिव धर्मराज सिंह, समाजसेवि केबी हमाल, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, अर्घाखाँची सेवा समाजका सह-कोषाध्यक्ष बालाराम पाण्डे, मोरङ सुनसरी सेवा समाजका दिलिप पराजुली, निर्माण क्षेत्र जिफन्ट सहयोग समितिका ज्वाला शाही, पत्रकार टेकराज थापा, समाजसेवी तथा वुद्धिजीवी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु अथिति रहनु भएको थियो । कार्यक्रममा करिव ५०० गुल्मेली तथा गैर गुल्मेलीहरुको उपास्थिति रहेको थियो ।
विधिवत रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौन धारण समेत गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार अविरल पन्थीले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने गायिका रमा तिमिल्सिनाले स्वागत गित प्रस्तुत गरेकी थिइन ।
उक्त कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक तथा सर्जक गणेश अधिकारीले आसुको कारखाना, अभाव जस्ता आधा दर्जन गित गाएर उपस्थित दर्शक श्रोतालाई मनोरंजन प्रदान गरे । त्यस्तै चर्चित लोक दोहोरी गायक हरि खत्रीले पन्चेबाजा दरबार लगायतका आधा दर्जन गित प्रस्तुत गरे । उनका गितहरुमा दर्शक श्रोताहरु छामछमी नाचेका थिए।
त्यसैगरी कार्यक्रममा स्थानीय कलाकार रमा तिमल्सिना, तारा थापा, अनिल बिसी लगायतले गित गाए भने लक्ष्मी गिरि, दिप्लोभ थापा, जनक मगर, इस्मिता मगरलगायतले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विमल सुवेदी, तेज कटुवाल, केदार नाथ भुसाल, मोहन कार्की, समीर खत्री लगायतले गुल्मी सेवा समाजले हरेक बर्ष ऐतिहासिक कार्यक्रम गर्दै प्रवासमा मात्र नभएर जिल्लामा रहेका असाय जेहेन्दार बालबालिकाहरुको सहयोगार्थ कार्यक्रमहरुको खुलेर चर्चा गरे ।
गुल्मी सेवा समाज कतारले हरेक वर्ष आयोजना गर्ने बनभोज तथा सास्कृतिक कार्यक्रमले मनोरन्जन मात्र नभएर प्रवासमा छरिएर रहेका गुल्मेलीहरुलाई भेटघाट तथा पहिचानका लागि निकै ठुलो भूमिका खेलेको कार्यक्रममा उपस्थित गुल्मेलीहरुको भनाई रहेको थियो ।
प्रवासमा रहेर पनि बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रीजना गरेकोमा गुल्मी सेवा समाज कतारलाई बिशेष धन्यवाद समेत दिए । कार्यक्रममा खाजा र खानाको राम्रो प्रबन्ध गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति झविन्द्र आचार्यले गुल्मी सेवा समाज कतारले हरेक वर्ष जस्तै यसवर्ष पनि आयोजना गरेको सातौं वनभोज तथा सास्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागि आ-आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पुर्णलाई विशेष आभार प्रकट गरेका थिए ।
कार्यक्रममा पाल्नुहुने विभिन्न संघ-सस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।कार्यक्रम समाजका सचिव कमल अर्याल र कार्यक्रम संयोजक कुमार अविरल पन्थीले सञ्चालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend