साझा नेटवर्क
साझा नेटवर्क, कतार।
म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समति कतारको नवौं साधारण सम्पन्न गरेको छ। साधारणको बन्दसत्रले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा तिलु शर्मा पौडेललाई निर्विरोध निर्बाचित भएका छन् ।
संघको ०८ मार्च २०१९ का दिन सम्पन्न भएको सोर्हौ बार्षिक उत्सव तथा नवौ साधारणसभाले पौडेलको नेतृत्वमा १७ सदस्यिय कार्यासमिति गरेको छ। जसमा बरिष्ठ उपाध्यक्षमा मिन बहादुर कार्की प्रथमउपाध्यक्षमा नरेन्द्र फगामी र द्वितीय उपाध्यक्षमा लुक बहादुर रसाइलीलाई चयन गरेको छ। नवगठित समितिको अन्य सदस्यहरुमा मन बहादुर सार्की, डम्बर बहादुर थजाली, टेक सागर बिश्वकर्मा,चक्र बहादुर खत्री, निल प्रसाद पुन,गंगा बस्नेतलाइ प्रमाण पत्र प्रधान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
स्थापना काल देखीनै सामाजिक कार्यमा अग्रसर भुमिका खेलेको छ। म्याग्देली जनताको संस्था भएतापनी समग्रमा नेपालीको हक,हित र बिकासको निम्ति उल्लेखनीय भुमिका खेल्दै आएको छ। सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा प्रमुख अतिथि मोना आइसिसीका अध्यक्ष चक्र बहादुर थापाको उपस्थिति रहेको थियो ।
त्यस्तैगरी कतारमा रहेका विभिन्न सामजिक संघ सस्था,बैचारिक सस्था, राजनिति पार्टीका नेता तथा बुद्धिजिवि, लगायत मोना आइसिसिका प्रतिनिधिहरु आइ इ सी का उपाध्यक्ष तथा एन आर एन यु के का अध्यक्ष योगेन्द्र फगामी (यु के ), मोना आइसी का उपाध्यक्ष प्रेम बहादुर बि क (कतार), मोना आइ इ सी का महासचिव मिम पुर्जा (नेदरल्याण्ड), मोना आइ इ सी का सचिव बिक्रम कार्कि कतार (कतार), मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, मोना आइ इ सी का सदस्य लोक राना (बेल्जियम ) लगायत उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा मोना कतारले यहाँको नेपाली समुदायमा पुर्याएकाे योगदानको प्रशन्सा गरेका थिए । सहभागीले कतारमा रहेका सम्पूर्ण संघसंस्थाबीचहरु सहकार्य गरि अगाढी बढेको र आगामी दिनहरुमा हुनुपर्नेमा जोड दिए। कार्यक्रममा उपस्थित मोना आइसिसिका प्रतिनिधिले मन्तव्य राख्दै जिल्लालाई कसरी आर्थिक रुपमा सु सम्पन्न र समृद्धि बनाउन सकिन्छ भनेर रोजगारिको निम्ति बिदेशीएका म्याग्देली नेपालीले हाल सम्म बिस्वका २४ देशमा संस्था स्थापना गरेका छ्न , मोना कतार अरु सस्थाको तुलनामा पुरानो र सामाजिक काममा सक्रिय सस्था रहेको भन्दै आफुहरुले यो सस्थाबाट धेरै कुरा सिकेको र आफू आवद्ध सस्थामा लागू गर्ने भन्दै नयाँ आउने कार्यसमिति लाई बधाई तथा सुभकामना ब्याक्त गरे ।
सस्थाले २ बर्षको अवधिमा गरेको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन कोषाध्यक्ष थम कुमार गिरिले प्रस्तुत गरे,भने सस्थालाइ विभिन्न समयमा गरेको सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमलाई सहयोग गर्ने सहयोगी हरुको उच्च मुल्यांकन गर्दै खादा सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । तिलु शर्मा पौडेल र राजु पौडेलले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा स्थानिय कलाकारले नृत्य प्रस्तुत गरिएका निकैनै रसिला,कसिला नृत्य तथा गायनले कार्यक्रमको रौनक बढाएको थियो ।कार्यक्रममा आफ्ना कुरा राख्दै सभापती रमेश पौडेलले आफ्नो कार्यकाल लाई सफल पार्न विभिन्न चरण बाट सहयोग गर्ने सम्पुर्ण सहयोगी प्रती आभार ब्याक्त गर्दै आउने नयाँ कार्यसमिती शसक्त र अझै नयाँ जोस जागरको साथ अगाडी बढोस भन्ने कामना गरे ।
मोना कतारका सस्थापक अध्यक्ष तथा निर्बाचन समितिका संयोजक प्रेम रसाईलीले सर्बसम्मत बाट चयन कार्यक्रमको अन्त्यमा नव निर्बाचित अध्यक्ष तिलु शर्माले सबैलाई धन्यबाद दिदै आगामी पचास दिन भित्राम मोना कतारले एउटा बृहत सास्कृतिक कार्यक्रममको आयोजना गर्ने र बाकि कुरा अहिले कुनै प्रतिबद्धता नगर्ने बरु आगामी दिनमा काम गरेर पुष्टि गर्ने बताए ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend