साझा नेटवर्क
उद्धव मगर दोहा कतार ।
गत शुक्रवार ०१ मार्च २०१९ का दिन साहानियाको यू.सि.सि क्याम्पमा मजदूरहरुको अत्याधिक उपस्थितीमा कतार नेपाली एकता समाज साहानिया एरिया समितिले भेला सम्पत्र गरेको छ ।
भेलामा कतार नेपाली एकता समाज साहानिया एरिया समितिका सदस्य धिरज परियारको अध्यक्षतामा प्रमुख अतिथी कतार नेपाली एकता समाजका सचिवालय सदस्य लुमाकान्त पुन मगर, अतिथी सचिवालय सदस्य टुकनाथ शर्मा, केन्द्रिय सदस्य गेकमान विश्वाकर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ,भने कार्यक्रम सञ्चालक सचिव प्रिन्जल राईको सञ्चालनमा एरियाका कोषाध्यक्ष गोपाल बूढाले स्वागत गरेका थिए ।
भेलामा आर्थिक आयव्याय समितिका सचिव प्रिन्जल राईले प्रस्तुत गरेका थिए। सम्पन्न भेलाले पुर्ण ७ र दुई सल्लाहाकार सहित ९ सदस्सीय चयन गरेको छ। जसमा पदाधकारीहरु अध्यक्ष प्रिन्जल राई उपाध्यक्ष धिराज परियार, सचिव सरोज लावती, कोषाध्यक्ष मिठुन चक्रवर्ती राजवंशी, तथा सदस्यहरुमा नरविर लिम्बु, तिल बहादुर वि.क, सागर खड्का, र सल्लाहाकार गोपाल बुढा, अमर खत्री रहेको छन ।
कार्यक्रममा प्रमुख अतिथी लुमाकान्त पुनले प्रशिक्षण दिदै विभिन्न विषयमा प्रष्ट पार्नु भएको थियो भने विशेष अतिथी टुकनाथ शर्माले र अतिथी गेजमान वि.क ले समपूर्ण नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिनु भएको थियो। अन्तमा कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष धिराज परियारले घोषणा गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend