logo
  • शनिबार, भाद्र २० २०८३

चिवा क्षेत्रिय समिति सहित एनआरएनए जापानको अव १४ क्षेत्रीय समिति हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क टोकियो,फागुन १२ ।
गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने भएको छ । बढ्दो नेपालीको संख्या र बसोवासको हिसावले त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै परिषदको निति तथा कार्ययोजनामा क्षेत्रिय समिति बिस्तार एवं सुझाव पेश गर्न महासचिव लाई दिएको जिम्मेवारी अनुसार २०१८ फेव्रुवरी २४ तारिकमा सम्पन्न क्षेत्रिय भेलामा सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो । उक्त भेलाले ८ बुँदे घोषणापत्र जारी गर्दै क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको सन्दर्भमा सोहि भेलाको निर्णयलाई कार्यन्वयन गर्न यहि मिति २०१९ फेव्रुवरी २३ तारिक अध्यक्ष टासि वाङदी लामाको अध्यक्षतामा बसेको परिषदको नियमित बैठकले यहि मार्च १० तारिक आईतवार चिवामा तदर्थ कमिटि गठन गर्ने गरि उपाध्यक्ष शिव प्रसाद पौडेल लाई संयोजकको जिम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनु भयो ।

चिवामा तदर्थ समिति गठन गर्ने समय लाई ब्यवस्थापन गर्दै उपस्थितिको लागि सम्पुर्ण चिवावासी पंजिकृत तथा साधारण सदस्यहरुलाई हार्दिक आमन्त्रण पनि गरेको छ । क्षेत्रीय समिती विस्तारको यो अभियानलाई सहयोग गर्न अध्यक्ष टासि वाङदी लामाले अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend