logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए जापानको एकदिने विद्यार्थी लक्षित सेमिनार सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सजिना मोक्तान,टोकियो जापान फागुन १२ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बिधार्थीहरु लाई लक्षित गर्दै बिभिन्न समयमा सेमिमार तथा छात्रवृत्ति लगायतका प्रत्यक्ष सुविधा लिन सकिने योजना तथा कार्यक्रमहरु अन्तर्गत आज आसागाया स्थित आसागानामी सुगीनामी कु स्थित टोकियो इन्ड्रष्टरियल एण्ड इन्डष्ट्री हलमा एक कार्यक्रम सम्पन्न गरेको छ । शनिवार दिउँसो २:०० बजे देखि ५:०० बजे सम्म आयोजित उक्त सेमिनार बिधार्थीहरु लाई लक्षित गर्दै सम्पन्न गरिएको हो ।

बिधार्थीहरुले कम्पनिहरुमा काम कसरी पाउने र भिसा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिषयमा १ दिने सेमिनार IHNO को सहयोगमा आयोजना गरिएको हो। जापानमा काम तथा वर्किङ भिसा कसरी प्राप्त गर्ने तथा अप्रिल बाट सुरु हुने नयाँ प्रणाली बाट जापानमा हुने विद्यार्थीले पाउन सक्ने अबसर को बारेमा बृहत छलफल सेमिनारको बारेमा जानकारी इजुमी ताकायुकी र नयाँ भिसा प्रणालीको बारेमा भने कोमियामा योसिहारुले गरेका थिए । कार्यक्रम अध्यक्ष टासी वाङदी लामाको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण भने महासचिव बुद्धि राज घिमिरेले गरेका थिए । कार्यक्रममा जापानिज भाषा स्कुल,सेन्मोन स्कुल र युनिभर्सिटी अध्यायन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend