साझा नेटवर्क
उद्धव मगर, दोहा ।
कतार नेपाली एकता समाज दोहा एरिया समितिको भेला शुक्रबार सम्पन्न भएको छ । दोहा एरिया समितिका अध्यक्ष गिरी काउछा मगरको अध्यक्षता प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवा, अतिथी लुमाकान्त पुन मगर, धन बहादुर परियार, टुकनाथ शर्मा, अमर वि.क हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रम सञ्चालक सचिव रण बहादुर परियारको सञ्चालनमा गरीब दुःखी निमुखाहरुको लागी निरन्तर अगाडी बढ्दै आहुती दिने शहिदहरु प्रति १ मिनट मौनधारण तथा यस समितिका सदस्य तेज नारायण शर्माको स्वागत भाषण पश्चात कार्यक्रम निरन्तर खुलाशत्र अगाडी बढेको थियो भने समितिमा ९ पुर्ण र ४ सल्लाहाकार गरी जम्मा १३ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
जसमा अध्यक्ष– गिरी काउछा मगर (वाग्लुङ्ग) उपाध्यक्ष– केयर सिंह थापा, (वाग्लुङ्ग) सचिव– रण बहादुर परियार (वाग्लुङ्ग) कोषाध्यक्ष– शंकर थापा –(वाग्लुङ्ग) सदस्यहरु, राजु मगर,(रामेछाप) तेज नारायण शर्मा (वाग्लुङ्ग) लिलाकान्त चालिसे, (वाग्लुङ्ग) रिम बहादरु पुन (वाग्लुङ्ग) गंगाधर रेग्मी, (स्याङजा) सल्लाहाकार, अमर वि.क, (वाग्लुङ्ग) दल बहादुर नेपाली (वाग्लुङ्ग) खगेश्वर भूषाल – (अर्घाखाँची) श्याम परियार (तनहुँ) रहनु भएको छ ।
कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले आफ्ना भनार्इृहरु राख्दै भन्नु भएको छ । हाम्रो संगठन सर्वहारा वर्गको नेतृत्व गर्ने संगठन भएकोले हामीले कतारमा रहेका अन्यायमा परेकाहरुलाई सहयोग गर्नु पर्ने र ठाउ–ठाउमा गएर मजदूहरुलाई संगठीत गर्दै संगठन निमार्ण गर्नु पर्ने र त्यस्ता काम अहीलेसम्म कसैले गर्न नसकेको र एक मात्र कतार नेपाली एकता समाजले गरेको यहाँले दावी गर्नु भएको छ ।
अन्तमा यस कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । त्यस्तै शुभकामना दिने क्रममा टुकनाथ शर्माले पनि बधाइृ तथा शुभकामना दिनु भएको छ । कार्यक्रमको अन्त्यमा यस भेलाका अध्यक्ष गिरी काउछा मगरले कार्यक्रम समापन भएको घोषणा गर्नु गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend