साझा नेटवर्क
आशिक नेपाल, दोहा ।
नवलपरासी सेवा समाज कतार द्वारा आकस्मिक रुपमा आयोजित जिल्लाबासी कलाकार सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मिति १६ फेब्रुअरी २०१९ का दिन अत्यन्तै भब्यसब्य रुपमा जिल्लाबासी कलाकार सम्मान कार्यक्रम समापन भएको थियो ।

उक्त कार्यक्रममा भर्खरै मात्र कतारमा सम्पन्न हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड २०१९ मा उत्कृष्ट लोक गायिका राधा तिवारी उत्कृष्ट गायक गोपाल तिवारी तथा उत्कृष्ट निर्देशनको अवार्ड जित्नु हुने राजेश तिमिल्सिनालाई नवलपरासी सेवा समाजले सम्मान गरेको हो ।
बार्षिक रुपमा निरन्तर नवलपरासी सेवा समाजले कलाकारहरुलाई सम्मान गर्दै आएको छ। नवलपरासी सेवा समाजले नेपाली कला संस्कृतिलाई टेवा पुर्याउन हातेमालो गर्ने उदेश्यले आयोजना गरेको आयोजक टिमले स्टार नेपालाई जानकारी दिएका छन् ।
अग्रजलाई सम्मान नयाँलाई प्रत्सान भन्ने उदेयले पनि यस सम्मान कार्यक्रम आयोजना गरेको बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend